‘छमछमी’ मा पुष्प र एलिसाको जोडी (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
४७ पटक हेरिएको
Shares
‘छमछमी’ मा पुष्प र एलिसाको जोडी (भिडियोसहित)

सारांश

  • काठमाडौं ।
  • किरण अधिकारीक स्वरमा रहेको ‘छमछमी’ बोलको गीत सार्वजनिक भएको छ ।
  • उक्त गीतमा यतिबेलाका चर्चित मोडलद्वय एलिसा राई र पुष्प खड्काको जोडदार अभिनय रहेको छ ।

काठमाडौं । किरण अधिकारीक स्वरमा रहेको ‘छमछमी’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा यतिबेलाका चर्चित मोडलद्वय एलिसा राई र पुष्प खड्काको जोडदार अभिनय रहेको छ ।

‘रोमान्टिक’ फ्लेभर रहेको उक्त गीतमा युवा–युवतीले युवा अवस्थामा गर्ने क्रियाकलापको कथालाई सञ्जय बरालले सुन्दर निर्देशन पस्केका छन् । यतिबेलाका चर्चित मोडल अनि व्यस्त र चर्चित निर्देशकको कौशलले सजिएको उक्त गीतको शब्द रचना, संगीत अनि एरेञ्ज भने आशिस राजले गरेका छन् । राजिव समरको कोरियोग्राफी रहेको उक्त गीतमा बुद्ध थापाको टीमले खिचेका हुन् ।

‘छमछमी’ बोलको गीतको म्युजिक भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् भने सम्पादन भरत रेग्मीले गरेका हुन् । बिहीबार हाइलाइट्स नेपालमार्फत सार्वजनिक भएको यस म्युजिक भिडियो दुई दिनमा नै निकै चर्चित भईसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?