बच्चा जन्माउन साइकलमै अस्पताल गएका यी महिला मन्त्री !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
बच्चा जन्माउन साइकलमै अस्पताल गएका यी महिला मन्त्री !

सारांश

  • आफ्नो पहिलो बच्चा जन्माउने क्रममा न्युजिल्याण्डका यातायात मन्त्री जुली जेन्टर साइकलमै अस्पताल पुगेका छन् ।
  • नौ महिनाको बच्चा गर्वमा भएका जुली आफ्ना पतिसँग साइकलमै अस्पताल गएका हुन् ।
  • जुली ग्रीन पार्टिका सदस्य हुन् ।

आफ्नो पहिलो बच्चा जन्माउने क्रममा न्युजिल्याण्डका यातायात मन्त्री जुली जेन्टर साइकलमै अस्पताल पुगेका छन् । नौ महिनाको बच्चा गर्वमा भएका जुली आफ्ना पतिसँग साइकलमै अस्पताल गएका हुन् ।

जुली ग्रीन पार्टिका सदस्य हुन् । साइकलमा जानु स्वास्थ्यका लागि राम्रो हुने भएकाले आफूले यस्तो गरेको जुलीले बताए । उनी न्युजिल्याण्डमा साइकल प्रेमीका रुपमा परिचित छन् ।

उनले सामाजिक संजालमा आफ्नो र पतिको साइकल यात्राको तस्वीर सार्वजनिक गरेका थिए । उनीहरु बच्चा जन्माउन त्यहाँको सरकारी अस्पताल अकल्याण्ड सिटी हस्पिटलमा गएका थिए ।

यसै वर्षको जुनमा सोही अस्पतालमा न्युजिल्याण्डका प्रधानमन्त्री ज्यासेन्डा आर्डनले आफ्नो कार्यकालमै बच्चा जन्माएका थिए । प्रधानमन्त्रीको पदमा आमा बन्ने आर्डन दोस्रो महिला हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?