प्रधानसेनापति भारत उडे, कामु प्रधानसेनापतिले अमेरिकी जनरलसँग भेट !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २३, २०७५
|
|
३९ पटक हेरिएको
Shares
प्रधानसेनापति भारत उडे, कामु प्रधानसेनापतिले अमेरिकी जनरलसँग भेट !

सारांश

  • काठमाडाै, २३ जेठ ।
  • प्रधानसेनापति राजेन्द्र क्षेत्री ६ दिने भ्रमणको सिलसिलामा बुधबार भारत प्रस्थान गरेका छन् भने कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले अमेरिकी सेनाका मेजरजनरलसँग भेट गरेका छन्।
  • प्रधानसेनापति भारत प्रस्थान गरेको केही समयमा नै कामु प्रधानसेनापति थापा र अमेरिकी सेनाका मेजर जनरलबीच भेटवार्ता भएको हो।

काठमाडाै, २३ जेठ । प्रधानसेनापति राजेन्द्र क्षेत्री ६ दिने भ्रमणको सिलसिलामा बुधबार भारत प्रस्थान गरेका छन् भने कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले अमेरिकी सेनाका मेजरजनरलसँग भेट गरेका छन्।

प्रधानसेनापति भारत प्रस्थान गरेको केही समयमा नै कामु प्रधानसेनापति थापा र अमेरिकी सेनाका मेजर जनरलबीच भेटवार्ता भएको हो।

प्रधानसेनापतिको भारत यात्रा
प्रधानसेनापति क्षेत्री भारतीय सेनाका सेनाध्यक्ष बिपिन रावतको औपचारिक निमन्त्रणामा भारत प्रस्थान गरेका हुन्। देहरादुनस्थित भारतीय सेना सैनिक प्रतिष्ठानमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाजको आतिथ्यताको लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

देहरादुनको सो सैनिक प्रतिष्ठानमा ‘मुख्य पुनरावलोकन अधिकृत’ का रुपमा सो कार्यक्रममा सहभागी हुने प्रधानसेनापति क्षेत्रीले भारत भ्रमणको दौरान भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, वायु सेनाध्यक्ष, जल सेनाध्यक्ष सहित अन्य उच्च पदस्थ अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नु हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

२८ जेठमा स्वदेश फिर्ता हुने कार्यक्रम बनाएका प्रधानसेनापति क्षेत्रीले आफ्नो अनुपस्थितिमा कामु प्रधानसेनापतिको जिम्मेवारी बलाधिकृत रथी पूर्णचन्द्र थापालाई सुम्पेका छन्। कामु प्रधानसेनापति थापाल लगायत सेनाका उच्च अधिकारीहरुले आज प्रधानसेनापति क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए।

कामु प्रधानसेनापति-अमेरिकी जनरल भेट
प्रधानसेनापति क्षेत्री भारत प्रस्थान गरेको केही समयपछि नै कामु प्रधानसेनापति थापासँग अमेरिकी सेना प्यासिफिक क्षेत्रका मेजर जनरल रोजर जे नोबलबीच भेटवार्ता भएको थियो। अमेरिकी जनरल नोबल पैदल सेना वार्ता (ल्याण्ड फोर्स टक) का लागि अमेरिकी सेनाको प्यासिफिक कमाण्डको नेतृत्व गर्दै नेपाल आएका हुन्।

निर्देशनालयका अनुसार आजैबाट नेपाली सेना र अमेरिकी सेना प्यासिफिकबीच पहिलो पल्ट दुई दिने पैदल सेना वार्ता जंगी अड्डामा सुरु भएको छ। सो वार्तामा नेपाली सेनाको तर्फबाट उपरथी जगदिशचन्द्र पोखरेलसहित १९ र अमेरिकी सेनाको तर्फबाट मेजर जनरल नोबलसहित १७ गरी जम्मा ३६ अधिकृत सहभागी छन्।

सो अन्तरक्रिया तथा छलफल कार्यक्रममा संयुक्त सैनिक मार्ग निर्देशनसैनिक कार्य प्राथमिकता, विपद् व्यवस्थापन तथा विभिन्न सैनिक तालिम एवं गतिविधि सम्बन्धि विषयमा केन्द्रित रहने बताइएको छ। उक्त कार्यक्रम अन्तर्गत भ्रमणदलका प्रमुखलाई नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेज र उपत्यका पृतना हेर्डक्वार्टरको भ्रमण गराउने व्यवस्था समेत मिलाईएको बताइएको छ।

यस किसिमको अन्तरक्रिया तथा छलफलबाट नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सम्बन्ध अझ सौहार्दपूर्ण हुने निर्देशनालयले बताएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tek Pun

    त्यसै हो।भत्ता पचाउन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?