जनमत पार्टीले आफ्ना जनप्रतिनिधिबारे जनमत सङ्कलन गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०८०
|
|
४४ पटक हेरिएको
Shares
जनमत पार्टीले आफ्ना जनप्रतिनिधिबारे जनमत सङ्कलन गर्ने

सारांश

  • काठमाडौँ ।
  • जनमत पार्टीले आफ्ना पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको काम सन्तोषजनक रहे÷नरहेको बारे जनमत सङ्कलन गर्ने भएको छ ।
  • सो पार्टीले आज एक सूचना प्रकाशित गरी आगामी साउन ६ गते जनमत सङ्कलन गर्न लागिएको जनाएको छ ।

काठमाडौँ । जनमत पार्टीले आफ्ना पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको काम सन्तोषजनक रहे÷नरहेको बारे जनमत सङ्कलन गर्ने भएको छ ।

सो पार्टीले आज एक सूचना प्रकाशित गरी आगामी साउन ६ गते जनमत सङ्कलन गर्न लागिएको जनाएको छ । जनप्रतिनिधिको काम सन्तोजनक नरहे वा जनताको अपेक्षा प्रतिकूल भई नियन्त्रण बाहिर गएमा आवश्यक कारबाही गर्ने वा फिर्ता बोलाउने, जनताको पक्षमा काम गर्न अभिप्रेत गर्ने पार्टीको नीति रहेको सो सूचनामा जानकारी दिइएको छ ।

सो पार्टीद्वारा प्रकाशित सूचनामा, “तपाईंको जनप्रतिनिधिले जनमत पार्टीको अवधारणाअन्तर्गत जनताका लागि काम गरेको छ, कि छैन ?” भन्ने प्रश्नमा मतदान हुने भनिएको छ । भोटिङमा २०८० वैशाख ३० गतेसम्म सदस्यता लिएका सम्बन्धित वडा÷पालिकाका जनमत पार्टीका सदस्यले भाग लिन पाउनेछन् । मतदानको व्यवस्था जनमत पार्टीबाट निर्वाचित भएका सम्बन्धित स्थानीय तहले नै मिलाउने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाडा खाने घर
भाडा खाने घर
फेरि पनि पार्टी फुट्ने त्रासमा माधव नेपाल
फेरि पनि पार्टी फुट्ने त्रासमा माधव नेपाल
प्रदेशको राजधानी मात्र होइन, प्रदेश प्रमुखहरु पनि अस्थायी नै हुन: योगेश भट्टराई (अन्तर्वार्ता)
प्रदेशको राजधानी मात्र होइन, प्रदेश प्रमुखहरु पनि अस्थायी नै हुन: योगेश भट्टराई (अन्तर्वार्ता)
आफ्नै निर्णयले जिल्लिए देउवा: दरबन्दीभन्दा धेरै एआईजी
आफ्नै निर्णयले जिल्लिए देउवा: दरबन्दीभन्दा धेरै एआईजी
युवा मृत फेला
युवा मृत फेला
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको  बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन
मनाङबाट कांग्रेसले खोल्यो विजयी खाता
मनाङबाट कांग्रेसले खोल्यो विजयी खाता
मेस्सी देखि राष्ट्रपतिसम्मअवैध धन लुकाउनेमा  :पनामा पेपर्स–२ खुलासा
मेस्सी देखि राष्ट्रपतिसम्मअवैध धन लुकाउनेमा :पनामा पेपर्स–२ खुलासा
मन्त्रिपरिषद् बैठक सकियो : आजपनि तोकेन प्रदेश प्रमुख र अस्थाथी मुकाम
मन्त्रिपरिषद् बैठक सकियो : आजपनि तोकेन प्रदेश प्रमुख र अस्थाथी मुकाम
आइजिपी खनाललाई प्रहरी जवानकाे प्रश्न ‘के मेरो अपराध निर्मलाको हत्याको प्रमाण मेट्ने भन्दा ठुलो हो ?’
आइजिपी खनाललाई प्रहरी जवानकाे प्रश्न ‘के मेरो अपराध निर्मलाको हत्याको प्रमाण मेट्ने भन्दा ठुलो हो ?’