प्रम ओलीको उपचार कस्तो हुँदैछ ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १२, २०७६
|
|
३९ पटक हेरिएको
Shares
प्रम ओलीको उपचार कस्तो हुँदैछ ?

सारांश

  • शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडी निष्काशन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई लम्बिएको छ।
  • शरीरमा बढेको मिर्गौलासम्बन्धी एन्टिबडी नष्ट गर्न यो स्वास्थ्योपचार सुरु गरिएको हो।
  • सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य छ।

शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडी निष्काशन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई लम्बिएको छ।

शरीरमा बढेको मिर्गौलासम्बन्धी एन्टिबडी नष्ट गर्न यो स्वास्थ्योपचार सुरु गरिएको हो। सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य छ।

प्रधानमन्त्री ओलीको उपचार अवधि लम्बिएपछि निजी चिकित्सक डा. दिव्यासिंह शाह स्वदेश फर्किएकी छन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जानकारी गराउँदै मुख्य सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै भनेका छन, ‘प्रधानमन्त्रीज्यूको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी छ।’ ओलीका निजी चिकित्सक प्रा.डा दिव्यासिंह शाहका अनुसार यो उपचार प्रक्रिया अर्कोसाता सम्ममा पुरा हुनेछ। ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा छ’ उनले भनिन्।

प्रधानमन्त्रीलाई तीन पटक प्लाज्मा फेरेसिस गरिएको छ। एक दिन बिराएर प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस गरिएको हो। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ समेत रहेकी डा. शाह स्वदेश फर्केपछि अर्का निजी चिकित्सक डा.दिलिप शर्मा सोमबार सिंगापुर गएका थिए। प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री भदौ ५ मा उपचारका लागि सिंगापुर गएका थिए। यसअघि साउन १८ देखि २७ गतेसम्म प्रधानमन्त्रीले सोही अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?