कोरोना सङ्क्रमणबाट सतर्क रहन मकवानपुर प्रशासनको आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १४, २०७९
|
|
३५ पटक हेरिएको
Shares
कोरोना सङ्क्रमणबाट सतर्क रहन मकवानपुर प्रशासनको आग्रह

सारांश

  • काठमाडौं ।
  • जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले त्यसबाट सुरक्षित रहनका लागि जिल्लावासीलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।
  • मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेद्वारा जारी प्रेस विज्ञप्तिमा कोरोना सङ्क्रमण नेपालमा कम हुँदै गए पनि छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले त्यसको असर नेपालमा समेत पर्न सक्ने भएकाले स्वास्थ्यका सबै मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ ।

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले त्यसबाट सुरक्षित रहनका लागि जिल्लावासीलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेद्वारा जारी प्रेस विज्ञप्तिमा कोरोना सङ्क्रमण नेपालमा कम हुँदै गए पनि छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले त्यसको असर नेपालमा समेत पर्न सक्ने भएकाले स्वास्थ्यका सबै मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ ।

अहिले भिडभाड हुने स्थानमा नजाने, सार्वजनिक स्थलमा जाँदा अनिवार्य रूपमा मास्क लगाउने, एक अर्काबीच भौतिक दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने र गराउने तथा अन्य स्वास्थ्य मापदण्डको पालना गर्ने र गराउने विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

साथै कोरोना सङ्क्रमणविरुद्धको बुस्टर डोजको मात्रा लगाउन छुटेकाले नजिकको स्वास्थ्य संस्थामा गएर लगाउनसमेत प्रमुख जिल्ला अधिकारी पाण्डेले आग्रह गर्नुभएको छ ।

(www.genusinnovation.com)

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    20bet

    I am currently writing a paper that is very related to your content. I read your article and I have some questions. I would like to ask you. Can you answer me? I’ll keep an eye out for your reply. 20bet

    Comment Author

    ein binance Konto er”offnen

    Your article helped me a lot, is there any more related content? Thanks!

    Comment Author

    binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?