निर्वाचित भएपछि दाहाल घरदैलो अभियानमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
३१ पटक हेरिएको
Shares
निर्वाचित भएपछि दाहाल घरदैलो अभियानमा

सारांश

  • चितवन, २६ मंसिर , नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आजदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गर्नुभएको छ ।
  • वाम गठबन्धनको सो क्षेत्रको निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुवेदीअनुसार शिवनगरस्थित आफ्नै निवास रहेको महेन्द्र चोकबाट शुरु भएको अभियान फूलबारी, मंगलपुर, विजयनगर, रामपुर चनौली, ज्योतिनगर, पर्साढाप, गोलाघाट, लेबरनगर, शुक्रनगर हँुदै आज साँझ पार्वतीपुरको लाहुरेचोकमा आएर समापन हँुदैछ ।
  • बुधबार सोही क्षेत्रको माडी र भरतपुर महानगरपालिकाका जगतपुर, पटिहानी, गीतानगर, चोकबजार, गौरीगञ्ज हँुदै केन्द्रीय बस ट्रमिनलमा आएर अभियान समापन हँुदैछ ।

चितवन, २६ मंसिर , नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आजदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गर्नुभएको छ ।

वाम गठबन्धनको सो क्षेत्रको निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुवेदीअनुसार शिवनगरस्थित आफ्नै निवास रहेको महेन्द्र चोकबाट शुरु भएको अभियान फूलबारी, मंगलपुर, विजयनगर, रामपुर चनौली, ज्योतिनगर, पर्साढाप, गोलाघाट, लेबरनगर, शुक्रनगर हँुदै आज साँझ पार्वतीपुरको लाहुरेचोकमा आएर समापन हँुदैछ ।

बुधबार सोही क्षेत्रको माडी र भरतपुर महानगरपालिकाका जगतपुर, पटिहानी, गीतानगर, चोकबजार, गौरीगञ्ज हँुदै केन्द्रीय बस ट्रमिनलमा आएर अभियान समापन हँुदैछ । संयोजक सुवेदीका अनुसार गाडी नरोकीकनै दाहालले गाडी माथिबाट सबैलाई आभार प्रकट गर्ने कार्यक्रम तय गरिएको छ ।
मतदातालाई सडकमा नै गाडीमाथिबाट उहाँले धन्यवाद दिइरहनु भएको छ । सो क्षेत्रमा समर्थकले फूलमाला र पानीका घडा राखेर दाहाललाई स्वागत गरेका छन् । वाम गठबन्धनको सो क्षेत्रका प्रचार संयोजक सुरेशचन्द्र अधिकारीका अनुसार विजय पदयात्रामा दाहालसँगै सो क्षेत्र (क) प्रदेशबाट निर्वाचित नेकपा (एमाले)का कृष्ण भूर्तेल र (ख) प्रदेशबाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का रामलाल महतो पनि सहभागी हुनुभएको छ ।

आफू हुर्किबढेको ठाउँमा दाहाल पहिलो पटक निर्वाचन लड्न आउनुभएको हो । उहाँले राप्रपा(प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३२३ मतले पराजित गर्नुभएको थियो । दाहालले ४८ हजार २७६ मत पाउँदा पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यराति अपरिचित व्यक्तिद्वारा घरमै कुटपिट : ससुराकाे मृत्यु, बुहारी लक्ष्मी घाइते
मध्यराति अपरिचित व्यक्तिद्वारा घरमै कुटपिट : ससुराकाे मृत्यु, बुहारी लक्ष्मी घाइते
मोदीको नेपाल भ्रमणका क्रममा रेलमार्ग सम्झौता हुने
मोदीको नेपाल भ्रमणका क्रममा रेलमार्ग सम्झौता हुने
Ranbir Kapoor starrer ‘Sanju’ latest track ‘Ruby Ruby’ will make you groove!
Ranbir Kapoor starrer ‘Sanju’ latest track ‘Ruby Ruby’ will make you groove!
अब बन्ने वाम गठबन्धनको सरकारले विकासको गति लिन्छ :अध्यक्ष प्रचण्ड
अब बन्ने वाम गठबन्धनको सरकारले विकासको गति लिन्छ :अध्यक्ष प्रचण्ड
यसरी शुरु भएको थियो, रोकियो इम्बोस्ड नम्बर
यसरी शुरु भएको थियो, रोकियो इम्बोस्ड नम्बर
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
कैटरिना ट्विंकलदेखि किन डराउँछिन्?
कैटरिना ट्विंकलदेखि किन डराउँछिन्?
को हुन् मर्छ भन्दाभन्दै चर्चित बनेका वैज्ञानिक स्टीफन हकिङ्ग ?
को हुन् मर्छ भन्दाभन्दै चर्चित बनेका वैज्ञानिक स्टीफन हकिङ्ग ?
सुनको भाउ प्रतितोला १ लाख ३५ सय रुपैयाँ
ट्रम्पलाई हराउँदै वाइडन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित
ट्रम्पलाई हराउँदै वाइडन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित

तपाईंले छुटाउनुभयो कि?