१३ वर्षीया किशोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या
सारांश
- काठमाडौं, २१ साउन ।
- कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरीको ११ दिनअघि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ ।
- प्रहरीले किशोरीको पोष्टमार्टम रिपोर्टबाट उक्त कुरा पुष्टि भएको जनाएको हो ।
काठमाडौं, २१ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरीको ११ दिनअघि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ । प्रहरीले किशोरीको पोष्टमार्टम रिपोर्टबाट उक्त कुरा पुष्टि भएको जनाएको हो ।
“हामीले जे आशंका गरेका थियौं, त्यही पुष्टि भयो”, जिल्ला प्रहरी कार्र्याालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले भने । तर बलात्कारी समूहमा थिए वा एक्लैले गरेको हो भन्ने कुरा अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । ‘अहिलेसम्म घटनास्थल पहिचान गर्न सकेका छैनौं” डिएसपी सेठीले भने, “शव भेटिएको स्थानमा पानी भरिएका कारण कति जनाको संलग्नता हो भन्ने विषयमासमेत यकिन हुन सकेको छैन ।”
उनले सामुहिक हो कि होइन भनेर “भ्याजिनल स्वाव” जाँच गर्न पठाएको बताए । तर, उक्त जाँचको प्रतिवेदन आउन महिनौं समेत लाग्नसक्ने उनको भनाइ रहेको छ । उनले शव भेटिएका दिन घटनास्थलमा पानी धेरै भएका कारण अनुसन्धानमा समस्या भएको बताए ।
शव भेटिएको ११ दिनसम्म पनि अपराधीलाई पक्राउ नगरेको भन्दै सुरु भएको आन्दोलन अझै रोकिएको छैन । उल्टाखाम क्षेत्रका स्थानीयले दिनहुँ प्रदर्शन गरिरहेका छन् । उनीहरुले हत्यारा पत्ता लगाउन माग गर्दै दवावमूलक रुपमा बजार बन्द र यातायात बन्दसम्मका कार्यक्रमहरु गरिरहेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
प्रतिक्रिया