प्रदेशसभा बैठकमा विधेयकका प्रतिवेदन पेश

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
४२ पटक हेरिएको
Shares
प्रदेशसभा बैठकमा विधेयकका प्रतिवेदन पेश

सारांश

  • हेटौँडा, १० मङ्सिर, प्रदेश नं ३ प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा पाँच विधेयकका प्रतिवेदन टेबुल गरिएको छ ।
  • प्रदेशसभाको केही हप्ता बसेको बैठकले विभिन्न समितिमा दफावार छलफलका लागि पाँच विधेयक पठाएको थियो ।
  • प्रदेशसभाको बैठकमा प्रदेश मामिला समितिका अध्यक्ष माधवप्रसाद पौडेलले प्रदेशमा सङ्घसंस्था दर्ता गर्न बनेको विधेयक २०७५, प्रदेशमा सञ्चारमाध्यमलाई व्यवस्थित गर्न बनेको विधेयक २०७५, प्रदेशसभाका सदस्य सरेश नेपालले कृषि तथा स्वास्थ्य र सामाजिक समितिका तर्फबाट प्रदेश कार्य सञ्चालन गर्न बनेको विधेयक २०७५ र प्रदेशसभाका सदस्य घनश्याम दाहालले कृषि तथा स्वास्थ्य र सामाजिक समितिका तर्फबाट प्रदेशमा प्राविधिक शिक्षा परिषद्को व्यवस्था गर्न बनेको विधेयक २०७५ तथा प्रदेशमा खेलकूद विकास समिति गठन गर्न बनेको विधेयक २०७५माथि दफावार छलफल भई आएका प्रतिवेदन क्रमशः टेबुल गर्नु भएकोे थियो ।

हेटौँडा, १० मङ्सिर, प्रदेश नं ३ प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा पाँच विधेयकका प्रतिवेदन टेबुल गरिएको छ ।

प्रदेशसभाको केही हप्ता बसेको बैठकले विभिन्न समितिमा दफावार छलफलका लागि पाँच विधेयक पठाएको थियो । प्रदेशसभाको बैठकमा प्रदेश मामिला समितिका अध्यक्ष माधवप्रसाद पौडेलले प्रदेशमा सङ्घसंस्था दर्ता गर्न बनेको विधेयक २०७५, प्रदेशमा सञ्चारमाध्यमलाई व्यवस्थित गर्न बनेको विधेयक २०७५, प्रदेशसभाका सदस्य सरेश नेपालले कृषि तथा स्वास्थ्य र सामाजिक समितिका तर्फबाट प्रदेश कार्य सञ्चालन गर्न बनेको विधेयक २०७५ र प्रदेशसभाका सदस्य घनश्याम दाहालले कृषि तथा स्वास्थ्य र सामाजिक समितिका तर्फबाट प्रदेशमा प्राविधिक शिक्षा परिषद्को व्यवस्था गर्न बनेको विधेयक २०७५ तथा प्रदेशमा खेलकूद विकास समिति गठन गर्न बनेको विधेयक २०७५माथि दफावार छलफल भई आएका प्रतिवेदन क्रमशः टेबुल गर्नु भएकोे थियो ।

कावा मुख्यमन्त्री जम्कटेल
मुख्यमन्त्री डोरमणि पौडेलले आफू देश बाहिर नेपालको प्रतिनिधित्व गरेर यही मङ्सिर ९ गतेदेखि जानुपर्ने भएकाले आफू फर्केर नआउञ्जेल कावा मुख्यमन्त्रीमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेललाई गरेको सिफारिश प्रदेश प्रमुख अनुराधा कोइरालाले सदर गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक यही मङ्सिर ११ मध्याह्न १२ बजे बस्ने गरी तोक्नुभएको छ । मङ्गलबारदेखि शुरु हुने बैठकमा ती विधेयकको प्रतिवेदनमाथि छलफल शुरु हुने नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले राससलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?