मन्त्री बनेको दुईदिनमै लालबाबुले ल्याए गतिलो योजना

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
मन्त्री बनेको दुईदिनमै लालबाबुले ल्याए गतिलो योजना

सारांश

  • काठमाडौं, फागुन ५ ।
  • उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहोर व्यवस्थापन गरियो ।
  • वाग्मती सफाइ महाअभियानको २४९औँ हप्तामा आज पशुपति राममन्दिर अघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी नौ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको हो ।

काठमाडौं, फागुन ५ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहोर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४९औँ हप्तामा आज पशुपति राममन्दिर अघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी नौ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको हो ।

सफाइमा ३५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए ।

पशुपति क्षेत्रमा शिवरात्रिका अवसरमा धेरै भक्तजनको उपस्थिति रहेकाले धेरै फोहोर जम्मा भएको थियो । पशुपति क्षेत्रबाट व्यवस्थापन गरिएका फोहोर दुई मेट्रिक टन काठमाडौँ महानगरपालिकाको गाडीमा व्यवस्थापन गरी अरू फोहर पशुपति क्षेत्र विकास कोषले नै व्यवस्थापन गर्ने भएको छ ।

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, कोषका सदस्य सचिव डा. प्रदीप ढकाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाको संस्थागत सहभागिता थियो ।

गुह्येश्वरीमाथिको वागमती सफाइको २१०औँ हप्तामा गोठाटार पुलमुनिको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइसँगै नदी किनारको बगैँचा पनि सफाइ गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए ।

रुद्रमती सफाइको २०५औँ हप्तामा गौशाला–रातोपुल–ज्ञानेश्वर–कमलपोखरीसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।

‘सफाइमा आफ्नो घर वरपर सफा राखौँ, फोहर नफालौँ’ भन्ने जागरण फैलाइएको थियो । अभियानमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीले आफ्नो घरअघि फोहोर फालेमा जरिवाना गरिने जानकारी गराए ।

अर्को हप्तादेखि सडकमा फोहोर फाल्ने स्थानीयवासीलाई वडाका कर्मचारीले जरिवाना रसिद काट्नेछन् । यसरी जम्मा भएको कोष सफाइमै लगाइनेछ ।

बिजुलीबजारबाट गोपीकृष्णपुलसम्मको नदी किनार दायाँबायाँ सडक निर्माण गर्दा किनारमा जम्मा भएको फोहोर रुद्रमतीमै फाल्दा यो क्षेत्र प्रदूषित बनेको समाजका उपाध्यक्ष गिरीले बताए ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडक निर्माणको जिम्मेवारी दिएको निर्माण व्यवसायीले फोहोर नदीमा फालेको उनले जानकारी दिए ।

रुद्रमतीको गोपीकृष्ण पुलबाट बिजुलीबजारसम्मको ६ किमी क्षेत्र बढी फोहोर भएकाले महानगरपालिकाको सहयोगमा १५ दिनसम्म पाँचजना सफाइकर्मी परिचालन गरी अर्को हप्तादेखि फोहोर उठाइने भएको छ । यसका लागि महानगरपालिकाको वातावरण विभागले सहयोग गर्ने वचन दिएको समाजले जनाएको छ ।

विष्णुमती सफाइको १७६औँ हप्तामा आज तारकेश्वर र टोखा नगरपालिकाको सीमास्थित ठूलो पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहोर व्यवस्थापन गरियो । सफाइका क्रममा घरमा पालिएका कुकुर मरेपछि बोरामा हालेर नदी किनारमा फालेर दुर्गन्ध फैलिएको अवस्थामा भेटिएको अभियन्ता रामकुमार श्रेष्ठले जानकारी दिए ।

नदी किनारको आधा किमीको दूरीमा चारवटा कुकुर बोरामा हालेर फाल्दा हिँड्न नसक्ने गरी दुर्गन्ध फैलिएको उनले बताए । नदी किनारको सडकमा मानिस नाक थुनेर हिँड्दा पनि तारकेश्वर र टोखा नगरपालिकाले फोहोर फाल्ने एवम् मरेका जनावर फाल्नेलाई कारबाही नगरेको सफाइ अभियानले जनाएको छ ।चक्रपथ सफा

इको ४५औँ हप्तामा धूम्बाराहीचोकबाट चप्पल कारखानासम्मको सडक क्षेत्रमा सफाइ गरी १५ मेट्रिक टन फोहोर व्यवस्थापन गरियो ।

आजको सफाइमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितसहित ५०० जनाभन्दा बढी अभियन्ताको सक्रियता थियो । सडकको दायाँबायाँ भागमा निर्माण गरिएका दुईवटा चिया बेच्ने टहरा सफाइका क्रममा भत्काइएको अभियन्ता तिलक बस्नेतले बताए ।

कार्यक्रममा मन्त्री पण्डितले उपत्यकालाई केही महिनामै मास्क नलगाई हिँड्न सकिने बनाउने प्रतिबद्धता व्यक्त गर्दै उपत्यकालाई प्रदूषणरहित बनाउन यहाँ बस्ने सबैको सक्रिय सहयोग र समन्वय आवश्यक पर्ने छ भने ।

हाल राजधानी काठमाडौँमा मास्क नलगाई हिँड्ने मानिस भेट्न मुस्किल छ । यसले गर्दा राजधानी मास्कमाडौँ बनेको अभियन्ताको गुनासो छ ।

सफाइमा तीनवटै सुरक्षा निकाय, गायत्री परिवार, ग्रिनसिटी अस्पताललगायत संस्थाको सहभागिता रहेको कार्यक्रम संयोजक लोकबहादुर टण्डनले बताए ।

चक्रपथको वाफल खण्ड सफाइको २७औँ हप्तामा बालाजुचोकबाट स्वयम्भू साना भ¥याङसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सडकमा फालिएका रिचार्ज कार्ड, पान पराग, सुर्ती एवम् खैनीका खोल पनि व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले सुनाए ।

वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १५४औँ हप्तामा जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको अभियन्ता आशा पाण्डेले बताए । मीनभवन क्षेत्रको आलोकनगरमा पनि ४५औँ हप्ताको सफाइ अभियानका क्रममा जनचेतनामूलक कार्यक्रमसहित एक मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियन्ता प्रमिला पौडेलले जानकारी दिइन् ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Radha Bhattarai

    Very good job mantry ju.

    Comment Author

    Ashish Kd

    किन कन्जुस्यै ओलि जिउ लाल बबुलाइ तल्लो स्तर्को मन्तर्लये y….

    Comment Author

    Ashish Kd

    किन कन्जुस्यै ओलि जिउ लाल बबुलाइ तल्लो स्तर्को मन्तर्लये y….

    Comment Author

    Ram Adhikari

    He will make now ktm clean …

    Comment Author

    Ram Adhikari

    He will make now ktm clean …

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?