इरानबाट तेल अायात नगर्न अमेरिकाकाे दबाब !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०७५
|
|
६१ पटक हेरिएको
Shares

सारांश

  • टोक्यो, १८ भदौ ।
  • जापानका प्रमुख तेल आयातकर्ताहरुले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
  • अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने मुलुकहरुमाथि नै प्रतिबन्ध लगाउने धम्की दिएलगत्तै यस्तो तयारी गरेको बताइएको छ ।

टोक्यो, १८ भदौ । जापानका प्रमुख तेल आयातकर्ताहरुले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने मुलुकहरुमाथि नै प्रतिबन्ध लगाउने धम्की दिएलगत्तै यस्तो तयारी गरेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्पन्न सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिने र इरानसँग व्यापार गर्नबाट अरु मुलुकलाई पनि रोक्ने गरी गत महिना नयाँ प्रतिबन्धहरु घोषणा गर्नुभएको थियो ।

इरानको कच्चा तेल उद्योग र बैंकिङ क्षेत्रमाथि लक्षित गरी दोस्रो चरणका प्रतिबन्धहरु आगामी नोभेम्बर ५ देखि कार्यान्वयन गर्ने अमेरिकी भनाइ छ । जापानले इरानी तेल आयातलाई निरन्तरता दिने योजना अघि सारेको भएपनि त्यो सम्भव भएन, जीजी प्रेस र अरु सञ्चार माध्यमले जनाएका छन् । परिणामस्वरुप, जापानी तेल कम्पनीहरु इरानी कच्चा तेलको आयात रोक्ने तयारीमा लागेका हुन् । उनीहरु बजारको मागलाई सम्बोधन गर्न नयाँ गन्तव्यको खोजीमा लागेका छन् । व्यापार मन्त्रालयका एकजना अधिकारीले इरानी तेल खरिद गर्नेबारे अमेरिकासँग छलफल गरेको तर कुनै प्रगति हुन नसकेको बताए ।

“हामीले सरकारको निर्णयको प्रतिक्षा गरेका थियौं, तर अहिल्यै सबै कुरा सार्वजनिक गर्ने अवस्थामा हामी छैनौं,” तेलको थोकबिक्रेता कम्पनी शोवा शेल सेकियूका प्रवक्ताले बताउनुभयो । अर्को थोकबिक्रेता कम्पनी जेएक्सटीजीले पनि तेल आयातबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । जापानमा तेलको आयात मुख्य रुपमा मध्यपूर्वबाट हुने गरेको छ । गत वर्ष जापानको कूल आयातको ५.३ प्रतिशत कच्चा तेल इरानबाट आयात भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्ततः जेल गए सट्टेबाजी नागराज
अन्ततः जेल गए सट्टेबाजी नागराज
प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के
प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के
काष्ठमण्डप पुनःनिर्माण : पहिलो तला निर्माणको काम सकियो
काष्ठमण्डप पुनःनिर्माण : पहिलो तला निर्माणको काम सकियो
संसारभरका कम्युनिष्टले नेपालको पछिल्लो अवस्था अवलोकन गरिरहेको प्रचण्डको भनाई
संसारभरका कम्युनिष्टले नेपालको पछिल्लो अवस्था अवलोकन गरिरहेको प्रचण्डको भनाई
प्रहरी र समाजबीच सहकार्यमा अपरिहार्य: एसएसपी थापा
प्रहरी र समाजबीच सहकार्यमा अपरिहार्य: एसएसपी थापा
लिबिया सम्मेलनका सहभागीहरु शान्ति स्थापनामा सहमत
लिबिया सम्मेलनका सहभागीहरु शान्ति स्थापनामा सहमत
बाजेको सकुवाको शिलबन्दी तोडियाे
बाल यौन दुराचारमा रामबहादुर बम्जनलाई १० वर्ष कैद
बाल यौन दुराचारमा रामबहादुर बम्जनलाई १० वर्ष कैद
जनकपुरमा मोदीलाई नागरिक अभिनन्दन गर्न तयारी
जनकपुरमा मोदीलाई नागरिक अभिनन्दन गर्न तयारी
निर्मला हत्याकान्डः हत्या स्वीकारेका प्रदीप र विशालको डिएनए रिपोर्ट नेगेटिभ