सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ५, २०८०
|
|
२० पटक हेरिएको
Shares
सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित

सारांश

  • काठमाडौँ ।
  • सुन तस्करी प्रकरणमा छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ ।
  • बुधबार बेलुका समातिएको १ सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई निलम्बनको गरिएको स्रोतले जनाएको छ ।

काठमाडौँ । सुन तस्करी प्रकरणमा छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ ।

बुधबार बेलुका समातिएको १ सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई निलम्बनको गरिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार निलम्बनमा पर्ने भन्सारका जाँच पास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाल रहेका छन् । क्याथे प्यासिफिक एयरलाइन्सबाट काठमाडौँ आएको सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ । भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको टोलीले त्यसबारे छानबिन गरिरहेको छ ।

छानबिनका लागी भन्सार एजेन्ट यादव पराजुलीलाई पनि निलम्बन गरिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?