गच्छदारकाे बचाउ गर्दै कांग्रेसद्वारा संसद बैठक अवरोध
सारांश
- काठमाडौं।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबारको बैठक पनि अवरुद्ध गरेको छ।
- बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको छायाँमा परी पूर्वाग्रही भए निर्दोशलाई पक्रिएर दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो।
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबारको बैठक पनि अवरुद्ध गरेको छ। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको छायाँमा परी पूर्वाग्रही भए निर्दोशलाई पक्रिएर दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो।
बैठकमा समय लिएर बोल्दै सांसद मिन बिश्वकर्माले अख्तियार दुरुपयोग गर्नुपर्ने अरु निकायको अध्ययन गर्नुपर्ने आयोगले आफ्नो अख्तियारको दुरुपयोग गरेको ठहर कांग्रेसले गरेको उल्लेख गरे।
उनले भने, ‘योजना प्रस्ताव पेश गर्ने व्यक्तिले उन्मुक्ति पाउने, अत्यन्तै महान व्यक्ति, जसले मन्त्रिपरिषद्को अध्यक्षता गरेर निर्णय गर्नुभयो उहाँ पनि महान व्यक्ति, जो निर्णयबाट लाभान्वित हुनुभयो र लालपुर्जा बोकेर हिड्दै हुनुहुन्छ उहाँ पनि महान व्यक्ति। बालुवाटार परिसर साँघुरो भयो। विस्तार गर्ने योजना प्रधानमन्त्रीलाई मन पर्यो। अनि योजना मागेर प्रस्ताव लैजादा स्वतः सामान्य प्रक्रियाबाट गएको मन्त्रीलाई कसुर सँजायको माग गर्ने। जसले निर्णय गर्नुभयो, निर्णय गर्ने व्यक्ति चाही निर्दोश ठहरिने ?जुन लालपुर्जा बोकेर अहिले पनि ४९ लाख ऋण त्यही लालपुर्जाबाट आइरहेको छ।’
बाख्री हरायो होइन तस्कर पल्कियो भन्ने चिन्ता बढेको भन्दै उनले कसुर दारले उन्मुक्ति पाउने र निर्दोष थुनिने कुरा सामान्य प्रशासनको पद्धती विरुद्ध रहेको दाबी गरे। एउटा निर्दोषलाई पक्रेर सारा कसुरदारलालाई उन्मुत्ति दिने पद्धतिको थालनी भएको भन्दै उनले त्यसप्रति आपत्ति जनाए।
सरकारको नियोजित कार्यक्रम भित्र रहेर अख्तियारले पूर्वाग्रही व्यवहार गरेको भन्दै उनले आपत्ति जनाए। न्याय निरुपण गर्ने निकायलाई नै छायाँमा पारेर सरकारले त्यसको कामलाई आफ्नो उपलब्धि भनेर व्याख्या गरेको उल्लेख गर्दै उनले सरकारको छायाँ बनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कामप्रति आफूहरुको आपत्ति रहेको बता।
‘सरकारको नियोजित कार्यक्रमभित्र कांग्रेसका मान्छेलाई थुन्ने कांग्रेसका मान्छेलाई दोष लगाउने जुन प्रपञ्ज रचियो यसमा राजनीतिक प्रतिशोध छ कि छैन ? यो विभेदपुर्ण छ कि छैन ? यो पक्षपातपुर्ण छ कि छैन?,’ उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोेग सरकारको छायाँ भएर आयोग आफ्ना पक्षलाई बोक्ने र विरोधीलाई ठोक्ने निति लिएको यसको बारेमा गम्भीर आपत्ती भएकाले संसद सुचारु गराउन सहयोग गर्न नसक्ने जानकारी गराउँछु।’
सभामुखले बैठक प्रारम्भ भएको जनाउ दिने वित्तिकै कांग्रेसका सांसहरुले उभिएर विरोध जनाएका थिए। त्यसपछि बोल्ने समय पाएका सांसद विश्वकर्माले अख्तियारको विभेदकारी कामलाई स्वीकार्न नसकिने भन्दै सदन सुचारु हुन नसक्ने जनाएका थिए। त्यसपछि कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुखले आधा घण्टाको लागि बैठक स्थगित भएको घोषणा गरेका थिए। कांग्रेसले बिहीबारको बैठक पनि अवरुद्ध गरेको थियो।
प्रतिक्रिया