प्रहरीमा इन्टरनेट बिनाको इमेल प्रविधि प्रयोग सुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७४
|
|
१५ पटक हेरिएको
Shares
प्रहरीमा इन्टरनेट बिनाको इमेल प्रविधि प्रयोग सुरु

सारांश

  • काठमाडौं ।
  •  प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच ५९ औं प्रहरी संचार दिवस सम्पन्न भएको छ ।
  • सो अवसरमा प्रमुख अतिथि माननीय गृहमन्त्री जनार्दन शर्माले इन्टरनेट बिनाको इमेल प्रविधि (H.

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच ५९ औं प्रहरी संचार दिवस सम्पन्न भएको छ । सो अवसरमा प्रमुख अतिथि माननीय गृहमन्त्री जनार्दन शर्माले इन्टरनेट बिनाको इमेल प्रविधि (H.F. Radio Data ) को समेत उद्घाटन गरे ।

रेडियो प्रविधि र कम्प्युटर प्रविधीको कुराकानी नै H.F. Radio Data  प्रविधि हो । यो Military Standard को प्रविधिलाई Software Defined प्रविधि पनि भनिन्छ, जसबाट ईन्टरनेट बिना नै इमेल पठाउन सकिन्छ । यो प्रविधिलाई Internet Server सँग जडान गरिने हो भने Internet Browse गर्न सकिन्छ । त्यसै गरी Email Server मा जडान गरिने हो भने व्यक्तिगत Email Address मा पनि यो प्रविधिबाट ईमेल पठाउन सकिन्छ । यो प्रविधिको प्रयोगले जहाँ ईन्टरनेट सुबिधा छैन त्यँहाबाट इमेल र फोटो पठाउन सकिन्छ र यो सूचना चुहावट नहुने सुरक्षित प्रविधि समेत भएकाले यो प्रविधि प्रहरीमा उपयोगी हुने देखिन्छ ।

कार्यक्रममा गृहमन्त्री शर्माले प्रविधियुक्त प्रहरी आजको आवश्यकता भएकोले प्रविधिको तिव्र विकासलाई पछ्याएर मात्रै आजको समाजलाई सहज बनाउन सकिने बताए । प्रहरी राज्यको कानून कार्यान्वयन गर्ने, सेवा प्रदान गर्ने र प्राथमिक उद्धारक समेत भएकाले जनतालाई प्रत्यक्ष र पहिलो पहुँच पु¥याउन प्रविधि महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।

जनतालाई सुरक्षा प्रदान गर्न प्रहरीले सूचना तथा संचार प्रविधिको प्रयोग गरे जस्तै अपराधीले अपराध गर्नका लागि समेत प्रविधिको प्रयोग गर्ने कुरालाई ध्यानमा राखेर अपराध अनुसन्धान र सुरक्षा शैलीमा पनि विकास गर्नुपर्ने, व्यवसायिकता र पारदर्शिता प्रविधिले निर्धारण गर्ने उल्लेख गर्दै अपराध अनुसन्धान प्रविधि बिना सम्भव नभएकाले सुरक्षा चुनौति सामना गर्नका लागि प्रविधि युक्त प्रहरी निमार्ण गर्नुपर्ने बताए ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले धन्यबाद ज्ञापन गर्नुहुदै नेपाल प्रहरीले सूचना तथा संचार प्रविधिको पक्षलाई आधुनिकीकरण गर्दै Technology based र Intelligence led policing तर्फ जानुपर्ने कुरामा जोड दिए । सूचनाको संवेदनशिलतालाई मनन गर्दै सानो सूचनाको अभावमा उत्पन्न हुनसक्ने ठूलो सुरक्षा जोखिम न्यूनिकरण गर्नुपर्दा प्रहरी कार्यमा सूचना तथा संचार प्रविधिको आवश्यकता, यसको प्रयोग र विकासको अपरिहार्यता महसुस हुने बताउँदै प्रहरी महानिरीक्षक अर्यालले सुरुका दिनमा सूचना तथा संचार प्रविधि एउटा साधनको रुपमा मात्र प्रयोग गरिएको भएता पनि यो आधुनिक प्रहरीको अनिवार्य आवश्यकता बनेको बताए ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक डा।राजिव सुब्बाले प्रहरीमा सूचना तथा संचार प्रविधिको भूमिका विषयमा तथा नेपाल दुरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्द राज खनालले साइबर सुरक्षा र संवेदनशिलता तथा सेतोपाटी अनलाइनका प्रधान सम्पादक अमित ढकालले सूचनाको महत्वका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा फेडेरेशन अफ कम्प्युटर एसोसियसन नेपालका अध्यक्ष बिनोद ढकाल र नेपाल दुरसञ्चार केन्द्रीय कार्यालयका प्रमुख प्राविधिक लोचनलाल अमात्यले टिप्पणी गरेका थिए ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले कार्यपत्र प्रस्तुती तथा टप्पणी गर्ने वक्ताहरुलाई मायाको चिनो समेत प्रदान गरेका थिए । प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरुको उपस्थित रहेको कार्यक्रममा संचारतर्फका विभिन्न देशैभरीका संचार इकाइ ४८ जना प्रहरी कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?