सुनचाँदी व्यवसायीद्वारा ३ दिन व्यवसाय बन्द गर्ने निर्णय
सारांश
- माधव बेल्वासे कपिलवस्तु, ६ भदौ ।
- सरकारले सहजरुपमा सुन उपलब्ध नगराएको भन्दै सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् ।
- लुम्बिनी अञ्चलका सम्पूर्ण ब्यवसायीहरुको भेलाले सरकारले व्यापारीहरुलाई सहजरुपमा सुन उपलव्ध गराउनुपर्ने माग राखेका छन् ।
माधव बेल्वासे
कपिलवस्तु, ६ भदौ । सरकारले सहजरुपमा सुन उपलब्ध नगराएको भन्दै सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । लुम्बिनी अञ्चलका सम्पूर्ण ब्यवसायीहरुको भेलाले सरकारले व्यापारीहरुलाई सहजरुपमा सुन उपलव्ध गराउनुपर्ने माग राखेका छन् ।
कपिलवस्तु सुनचाँदी ब्यवसायी संघ उपशाखा चन्द्रौटाको भदौ ६ गते बसेको बैठकले ६, ७ र ८ गते ब्यवसाय बन्द गर्ने निर्णय गरेका छन् । सुन सहजरुपमा उपलव्ध नभएको हुँदा ग्राहकलाई गहना बनाएर दिन अप्ठ्यारो भएकोले सरकारले जुनसुकै हालतमा भएपनि व्यापारीहरुलाई सहज ढंङ्गबाट सुन उपलव्ध गराउनुपर्ने उपशाखा चन्द्रौटाका अध्यक्ष लालबहादुर गहतराले बताए ।
सिजनको बेला नै सुन उपलब्ध नभएपछि ब्यवसायीहरु चिन्तित भएका छन् । “चाडपर्वको अवसरमा सुनको माग बढेको हुन्छ तर सुन हामीले सहज रुपमा पाउँदैनाँै”, यो समस्या कहिलेसम्म ?” अध्यक्ष गहतराजले भने ।
बैंकबाट उपलव्ध हुने सुन दलालहरुसँग जाने भएकोले सरकारले तोकेभन्दा बढी मूल्य तिर्नुपर्ने समस्या भएको अध्यक्षको भनाई छ । ग्राहकहरुको मागबमोजिम गहना उपलव्ध गराउन नसकिएको भन्दै उनले बैकले साना व्यापारीहरुलाई बेवास्ता गरेर दलालहरुसँग सहकार्य गरेको आरोप लगाए ।
प्रतिक्रिया