प्रहरीलाई फोन गरेर पिज्जा अर्डर गरेपछि

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
३५ पटक हेरिएको
Shares
प्रहरीलाई फोन गरेर पिज्जा अर्डर गरेपछि

सारांश

  • काठमाडौं, फागुन ५ ।
  • नेपालमा बालबालिकाहरु पुलिसको नाम लिने वित्तिकै डराउने गर्दछन् ।
  • बालिबालिकाहरु जिद्दि गरेर रुने कराउने गरेमा पुलिस आयो, पुलिसलाई बोलाउँछु भन्दा डर र त्रासले रुन–कराउँन छोड्छन् ।

काठमाडौं, फागुन ५ । नेपालमा बालबालिकाहरु पुलिसको नाम लिने वित्तिकै डराउने गर्दछन् ।बालिबालिकाहरु जिद्दि गरेर रुने कराउने गरेमा पुलिस आयो, पुलिसलाई बोलाउँछु भन्दा डर र त्रासले रुन–कराउँन छोड्छन् । भनेको काम नमाने वा अभिभावकको कुरा नटेरे प्रहरीको नाम लिने वित्तिकै त्यस्ता बालबच्चाहरु ठिक ठाउँमा आउँछन् ।

तर अमेरिकाको फ्लोरिडा एक ५ वर्षीय बालक मानुयल बेशाराले प्रहरीलाई फोन गरे । उनले फोन मात्र गरेनन् फोनमा आफू भोकाएको भन्दै पिज्जा खान मन लागेको समेत बताए ।

फ्लोरिडा प्रहरीको ९११ मा बालकले फोन गरे लगत्तै उनको घर प्रहरी पुग्यो । प्रहरी कन्ट्रोल रुममा आएको जानकारीलाई पछ्याउदै बालकको घरसम्म प्रहरी पुग्दा ती बालक आफ्नी १५ वर्षीय दिदीसंग थिए ।

सोधपुछका क्रममा मानुयलले फोन गर्दा परिवारका सदस्य त्यसबारे जानकार नरहेको प्रहरीले पत्ता लगायो । तर प्रहरीले बालकले प्रहरी कन्ट्रोल नम्बरमा कल गरेकोले त्यसको उपयोगिता बुझाउदै एउटा पिज्जा समेत दियो ।

यसरी प्रहरीलाई भोक लाग्यो भन्दै फोन गरेपछि घरसम्मै पिज्जा बोकेर पुगेको थियो । यो तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन सुरु
रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन सुरु
दीपक नेपालको नेतृत्वमा वाग्मती प्रदेश मिटर ट्याक्सी सेवा समाजको दर्ता
दीपक नेपालको नेतृत्वमा वाग्मती प्रदेश मिटर ट्याक्सी सेवा समाजको दर्ता
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
विवादका कारण कांग्रेसको महाधिवेसन अन्यौलमा
विवादका कारण कांग्रेसको महाधिवेसन अन्यौलमा
प्रधानमन्त्री देउवालाई श्रीमती आरजुले बुझाइन् ज्ञापनपत्र, के लेखिएको छ ?
प्रधानमन्त्री देउवालाई श्रीमती आरजुले बुझाइन् ज्ञापनपत्र, के लेखिएको छ ?
नेकपा एमालेले सिन्धुपाल्चोकमा आफ्ना उम्मेदवारहरूको नाम टुंगो लगाएको छ ।
रुवालुङ झरना, झाक्रीवास गुफा अवलोकन गर्न जाने कि
रुवालुङ झरना, झाक्रीवास गुफा अवलोकन गर्न जाने कि
कोरोना विरुद्ध विश्व व्यापी रणनीतिको खाँचो
कोरोना विरुद्ध विश्व व्यापी रणनीतिको खाँचो
शहीद र बेपत्ता नागरिकका सपना मर्न नदिने मन्त्री मगरको उदघोष
शहीद र बेपत्ता नागरिकका सपना मर्न नदिने मन्त्री मगरको उदघोष
फागुन १ गते विहिबारको राशिफल यस्तो छ
फागुन १ गते विहिबारको राशिफल यस्तो छ