वामपन्थीको एकताका तीन आधार देखे झलनाथले ,के के होलान् त ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
वामपन्थीको  एकताका तीन आधार देखे झलनाथले ,के के होलान् त ?

सारांश

  • नेकपा एमालेका नेता झलनाथ खनालले वाम एकताका तीन आधार रहेको बताएका छन् ।
  • पुष्पलाल अध्ययन समाजले आयोजना गरेका कम्युनिष्ट पार्टी विचको एकता, रणनीति र कार्यनिती विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले माक्र्सवाद र लेनिनवादलाई हेर्ने समान दृष्टिकोण, प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्था तथा समाजवादको लक्ष्य जस्ता विषयमा समानता नै पार्टी एकताका प्रमुख आधारहरु भएको बताए।
  • प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्थाबाट नै समाजवादको बाटो तय गर्नु पर्ने भन्दै उनले संविधानले समाजवादलाई मार्गदर्शनको रुपमा अंगीकार गरिसकेकाले समाजवादलाई मान्दिन भन्नु असंवैधानिक हुने उल्लेख गरे।

नेकपा एमालेका नेता झलनाथ खनालले वाम एकताका तीन आधार रहेको बताएका छन् । पुष्पलाल अध्ययन समाजले आयोजना गरेका कम्युनिष्ट पार्टी विचको एकता, रणनीति र कार्यनिती विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले माक्र्सवाद र लेनिनवादलाई हेर्ने समान दृष्टिकोण, प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्था तथा समाजवादको लक्ष्य जस्ता विषयमा समानता नै पार्टी एकताका प्रमुख आधारहरु भएको बताए।

प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्थाबाट नै समाजवादको बाटो तय गर्नु पर्ने भन्दै उनले संविधानले समाजवादलाई मार्गदर्शनको रुपमा अंगीकार गरिसकेकाले समाजवादलाई मान्दिन भन्नु असंवैधानिक हुने उल्लेख गरे।

यसै गरि उनले दुई पार्टी बीच छिट्टै एकता हुने बताए। पार्टी एकताको उद्देश्यले जाने हो भने एकताको प्रचुर सम्भावना रहेको उनको भनाई छ । निर्वाचनमा जनताले एउटै पार्टीलाई जसरी मतदान दिएकाले पार्टी एकता हुन्न भन्नुको तुक नरहेको नेता खनालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?