नेदरल्यान्डविरुद्ध पाकिस्तानको जित

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १, २०७९
|
|
३८ पटक हेरिएको
Shares
नेदरल्यान्डविरुद्ध पाकिस्तानको जित

सारांश

  • काठमाडौं।
  • नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा पाहुना टोली पाकिस्तान १६ रनले विजयी भएको छ।
  • योसँगै तीन खेलको शृंखलामा पाकिस्तानले १० को अग्रता बनाएको छ ।

काठमाडौं। नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा पाहुना टोली पाकिस्तान १६ रनले विजयी भएको छ। योसँगै तीन खेलको शृंखलामा पाकिस्तानले १० को अग्रता बनाएको छ ।मंगलबार राति पाहुना टोली पाकिस्तानले दिएको ३१५ रनको लक्ष्य नेदरल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २९८ रन मात्र बनाउन सक्यो।

नेदरल्यान्डका स्कट एडवार्डले सर्वाधिक ७१ रन बनाए। यस्तै,बिक्रमजित सिंह र टम कपुरले समान ६५ रनको योगदान गरे। पाकिस्तानका हरिस राउफ तथा नसिम शाहले समान तीन विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३१४ रन बनायो। यसका फकर जमानले सर्वाधिक १०९ रन बनाए। यस्तै, कप्तान बाबर अजामले ७४ रन र सादाव खानले अविजित ४८ को योगदान गरे। नेदरल्यान्डका लोगान भान विक तथा बास डि लिडीले समान दुई विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?