आर्मीलाई हराउँदै पुलिस तेस्रो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २४, २०७९
|
|
२३ पटक हेरिएको
Shares
आर्मीलाई हराउँदै पुलिस तेस्रो

सारांश

  • काठमाडौं ।
  • शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो भएको छ ।
  • त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो पुलिसले आर्मीलाई २५–२१, २५–२१ र २५–१९ ले हरायो ।

काठमाडौं । शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो भएको छ ।त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो

पुलिसले आर्मीलाई २५–२१, २५–२१ र २५–१९ ले हरायो । तेस्रो स्थान हासिल गरेको पुलिसले रु ७५ हजार पुरस्कार पायो ।

प्रतियोगिताको उपाधिका लागि साबिक विजेता नेपाल एपिएफ क्लब र न्यू डायमन्ड युथ स्पोटर्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेता टोलीले रू तीन लाख तथा उपविजेताले रु एक लाख ५० हजार पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?