प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २९, २०८०
|
|
२३ पटक हेरिएको
Shares
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन

सारांश

  • मनहरी (मकवानपुर) ।
  • बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बागमती प्रदेशका १३ अस्पतालमा क्याबिन र आइसियुबाहेक सबै शय्या निःशुल्क सेवा दिन निर्देशन दिएका छन् ।
  • यो निर्देशनपछि अब आउँदो भदौ १ गतेदेखि बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ ।

मनहरी (मकवानपुर) । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बागमती प्रदेशका १३ अस्पतालमा क्याबिन र आइसियुबाहेक सबै शय्या निःशुल्क सेवा दिन निर्देशन दिएका छन् । यो निर्देशनपछि अब आउँदो भदौ १ गतेदेखि बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै निःशुल्क बिरामी भर्ना गर्न प्रदेश मातहतका अस्पतालहरूलाई निर्देशन दिएको छ । ती अस्पतालका क्याबिन, एनआइसियु र आइसियुबाहेक अरू सबै शय्या निःशुल्क गरिनेछ । प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका आठ सय ११ शय्या निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई पनि रिह्याबिटेसन र फिजियोथेरापी सेवा निःशुल्क गर्न मन्त्रालयले पत्राचार गरेको छ ।

सामाजिक सेवा एकाइ स्थापना गरी असहाय, अपाङ्ग (वर्ग क र ख), विपन्न, बेवारिसे बिरामीहरूको उपचार व्यवस्थित गर्ने प्रदेशका स्वास्थ्यमन्त्रीको मन्त्रीस्तरीय निर्णय गरिएको मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालले बताए । “अनिवार्यरूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छौँ”, डा भुसालले भने । भदौ १ गतेदेखि १३ वटा अस्पतालमा रहेका सामान्य शय्याहरू निःशुल्क उपलब्ध गराउने भएको हो । प्रदेशका सबै जिल्ला अस्पतालबाट नागरिकले आठ सय ११ वटा शय्याबाट निःशुल्क सेवा पाउनेछन् ।

यस्तै, प्रदेश मातहतको १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट पुनस्र्थापना र फिजियोथेरापी सेवा पनि निःशुल्क उपलब्ध हुने डा भुसालले बताए । डा भुसालका अनुसार प्रदेशभित्रका सबै सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरूमा सामाजिक सेवा एकाइ अनिवार्यरूपमा स्थापना गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको र अनिवार्यरूपमा कार्यान्वयन गर्न निर्देशन पत्र पठाइसकेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?