नेकपाका शीर्ष नेताहरु गुटगत छलफलमा जुटिरहेको बेला प्रचण्ड पक्षका केहि नेताहरुले भने ओलीको बचाउ गर्न थाले

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १८, २०७७
|
|
३६ पटक हेरिएको
Shares
नेकपाका शीर्ष नेताहरु गुटगत छलफलमा जुटिरहेको बेला प्रचण्ड पक्षका केहि नेताहरुले भने ओलीको बचाउ गर्न थाले

सारांश

  • काठमाडौं, असार १८।
  • सरकार र पार्टी सञ्चालनमा भागबण्डाको विषयलाई लिएर नेकपाका शीर्ष तहका नेताहरु गुटगत छलफलमा जुटिरहेको बेला दोस्रो तहका नेताहरुले गुटगत नेतृत्वको बचाउ गर्न थालेका छन् ।
  • सचिवालयमा रहेका नेताहरु पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको विपक्षमा भेला र छलफलमा जुटिरहेको अवस्थामा पूर्वमाओबादीको प्रचण्ड पक्षमा रहेका केहि नेताहरुले भने ओलीको बचाउ गर्न थालेका छन् ।

काठमाडौं, असार १८। सरकार र पार्टी सञ्चालनमा भागबण्डाको विषयलाई लिएर नेकपाका शीर्ष तहका नेताहरु गुटगत छलफलमा जुटिरहेको बेला दोस्रो तहका नेताहरुले गुटगत नेतृत्वको बचाउ गर्न थालेका छन् । सचिवालयमा रहेका नेताहरु पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको विपक्षमा भेला र छलफलमा जुटिरहेको अवस्थामा पूर्वमाओबादीको प्रचण्ड पक्षमा रहेका केहि नेताहरुले भने ओलीको बचाउ गर्न थालेका छन् ।

पत्रकार ऋषि धमलासँग कुरागर्दै पूर्वमाओबादी खेमाका नेकपा नेता मणि थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छोड्न दवाव दिए नेकपा विघटन हुने भएकाले पार्टी बचाउन पनि अर्का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो हठ छोड्नुपर्ने बताए ।

नेता थापाले दुवै पक्षका भेलाको निश्कर्ष नै शक्ति सन्तुलन भएकाले यो विषयमा दुवै अध्यक्ष बसेर सहमति खोज्नुपर्ने धारणा राखे । उनले प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आआफ्नो हैसियत सम्झिएर पार्टीलाई एकताबद्ध बनाएर लैजानका लागि शक्ति सन्तुलन मिलाउनुपर्ने र स्थायी कमिटी बैठकले पनि यसै विषयलाई जोड दिनुपर्ने बताए ।

अहिले प्रधानमन्त्री ओलीलाई दुई मध्ये एक पदमा बस्ने वातावरण स्थायी कमिटीले मिलाउनुपर्ने र पार्टी एकताको मुल मर्म अनुसार चाँडो महाधिवेशनमा जानुपर्ने थापाको भनाई छ । उनले ओलीले दुई मध्ये एक पद छोडेको अवस्थामा अध्यक्ष दाहाल पनि सहमतिमा आउने र अरु नेताहरुलाई पनि त्यहि अनुसार व्यवस्थापन गर्नु उपयुक्त हुने बताएका छन् ।

थापाले भने,‘ओलीलाई दुवै पदबाट हटाउने एउटा विचार छ र अर्को मिलाएर जानुपर्छ भन्ने छ । पार्टी गणितको खेलमा गयो भने पार्टी फुट्छ । अहिले पार्टी एकता भइसकेको छैन । महाधिवेशनमा नगई हुदैन । आलोपालो वा एक एक जिम्मेवारी लिएर जानुपर्छ । प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पारेर मात्रै समाधान आउदैन । पार्टी फुट्छ । ओलीलाई दुवै पद छोड भन्न मिल्दैन । दुवै अध्यक्ष मिलेर आउनुपर्छ ।’

(store.spaceylon.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?