काठमाडौंमा एकैदिन १२७ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २९, २०७७
|
|
२७ पटक हेरिएको
Shares
काठमाडौंमा एकैदिन १२७ जना कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं, २९ साउन ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन १२७ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ५ सय २५ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १२६ जना थपिएसँगै जोखिम बढेको छ ।

काठमाडौं, २९ साउन । काठमाडौं उपत्यकामा आज एकै दिन १२७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ५ सय २५ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १२६ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ९ हजार ८ सय ५९ जनाको पिसीआर परिक्षणमा ५ सय २५ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १०९ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १६ हजार ८ सय ३७ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १११ जना र ललितपुरका ११ जना र भक्तपुरका ५ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?