सेतो प्लेटका गाडीको दुरुपयोग शंका लागेमा यो नम्बरमा फोन गरिदिनुस्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
सेतो प्लेटका गाडीको दुरुपयोग शंका लागेमा यो नम्बरमा फोन गरिदिनुस्

सारांश

  • काठमाडौँ: सरकारले विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सूचित गरेको छ ।
  • तत्कालीन अवस्थालई मध्यनजर गरी सकारात्मक उद्देश्यका साथ अतिआवश्यक काममा सरकारी नम्बर प्लेटलाई अस्थायी रुपमा रातोमा परिणत गरिएकोमा हालको सामान्य अवस्थामा समेत कतिपय सरकारी निकायबाट सवारी साधनको दुरुपयोग भएको गुनासो आएको जनाउँदै गृह मन्त्रालयले तत्कालै नम्बर प्लेट परिवर्तन गर्न निर्देशन दिएको जनाएको छ ।
  • ‘कतिपय सरकारी निकायले सवारी साधनलाई रातो नम्बर प्लेटमा यथावत वा परिवर्तन गरी आफूखुशी प्रयोग गर्ने गरेको पाइएको छ’, गृह मन्त्रालयबाट जारी गरिएको सूचनामा भनिएको छ, ‘सार्वजनिक बिदाका दिनमा कार्यालयको कामबाहेक अन्य प्रयोजनमा समेत प्रयोग गरी दुरुपयोग भए गरेको सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

काठमाडौँ: सरकारले विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सूचित गरेको छ ।

तत्कालीन अवस्थालई मध्यनजर गरी सकारात्मक उद्देश्यका साथ अतिआवश्यक काममा सरकारी नम्बर प्लेटलाई अस्थायी रुपमा रातोमा परिणत गरिएकोमा हालको सामान्य अवस्थामा समेत कतिपय सरकारी निकायबाट सवारी साधनको दुरुपयोग भएको गुनासो आएको जनाउँदै गृह मन्त्रालयले तत्कालै नम्बर प्लेट परिवर्तन गर्न निर्देशन दिएको जनाएको छ ।

‘कतिपय सरकारी निकायले सवारी साधनलाई रातो नम्बर प्लेटमा यथावत वा परिवर्तन गरी आफूखुशी प्रयोग गर्ने गरेको पाइएको छ’, गृह मन्त्रालयबाट जारी गरिएको सूचनामा भनिएको छ, ‘सार्वजनिक बिदाका दिनमा कार्यालयको कामबाहेक अन्य प्रयोजनमा समेत प्रयोग गरी दुरुपयोग भए गरेको सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

सरकारी सवारी साधनको दुरुपयोग हुन नदिन मन्त्रालय प्रतिबद्ध रहेको जनाउँदै मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘सरकारी साधनको दुरुपयोगविरुद्ध कडाइका साथ कारबाही गर्न मन्त्रालय दृढ छ ।’

सार्वजनिक बिदाका दिनमा सरकारी नम्बर प्लेटको सवारी साधन सरकारी कामकाजको सिलसिलामा प्रयोग गर्नु परेमा प्रयोजन खुलाइएको पास वा अधिकार प्राप्त निकाय वा पदाधिकारीको स्वीकृति लिएर मात्र प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ ।

मन्त्रालयले ०१-४२११२०८ र ०१-४२११२१४ नं मा जुनसुकै समयमा सरकारी सवारी साधनको दुरुपयोग सम्बन्धी सूचना एवं जानकारी उपलब्ध गराई दुरुपयोग गर्ने कार्य रोक्ने अभियानमा सहयोग गर्न सबैमा अपिलसमेत गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोविन्दालाई लागेको छ मानसिक रोग, पागलपनमै दिएका थिए अवतारको गफ
गोविन्दालाई लागेको छ मानसिक रोग, पागलपनमै दिएका थिए अवतारको गफ
हनी ट्र्याप प्रकरण : कार्यालयमै थुनेर इन्सपेक्टरले ३० लाख रुपैयाँ मागेको खुलासा
हनी ट्र्याप प्रकरण : कार्यालयमै थुनेर इन्सपेक्टरले ३० लाख रुपैयाँ मागेको खुलासा
दिवंगत मन्त्रीलाई राजकीय सम्मान दिइने, भोली सार्वजनिक विदाको घोषणा
दिवंगत मन्त्रीलाई राजकीय सम्मान दिइने, भोली सार्वजनिक विदाको घोषणा
एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ : नेता पौडेल
एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ : नेता पौडेल
भोट हाल्न वृद्धवृद्धाको लाइन, मतदानस्थल जेष्ठ नागरिकमैत्री छैनन्
ओलम्पिक प्रतियोगितामा नेपालसँग सहकार्य गर्ने जापानको चाहना
ओलम्पिक प्रतियोगितामा नेपालसँग सहकार्य गर्ने जापानको चाहना
शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल
शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल
भष्ट्र कर्मचारीलाई हतकडी लगाउछु: मन्त्रि लालबावु पण्डित
भष्ट्र कर्मचारीलाई हतकडी लगाउछु: मन्त्रि लालबावु पण्डित
दक्षिणी सुडानमा युद्धविरामको अनुगमन फितलो
दक्षिणी सुडानमा युद्धविरामको अनुगमन फितलो
China launches crackdown on illegal cosmetic surgery
China launches crackdown on illegal cosmetic surgery

तपाईंले छुटाउनुभयो कि?