इ– सेवाका सेवा क्षेत्र
सारांश
- काठमाडौँ, १५ जेठ ।
- सामान्य मोबाईल बैंकिङ सेवाबाट सूरु गरेको इ– सेवाले हाल १५०० भन्दा बढी क्षेत्रमा सेवा दिईरहेको छ ।
- इ– सेवाले सन २००९ मा लक्ष्मी बैंकसँग सहकार्य गरी मोबाईल बैंकिङ सेवा सुरु गरेर आफ्नो सेवाको थालनी गरेको थियो ।
काठमाडौँ, १५ जेठ । सामान्य मोबाईल बैंकिङ सेवाबाट सूरु गरेको इ– सेवाले हाल १५०० भन्दा बढी क्षेत्रमा सेवा दिईरहेको छ । इ– सेवाले सन २००९ मा लक्ष्मी बैंकसँग सहकार्य गरी मोबाईल बैंकिङ सेवा सुरु गरेर आफ्नो सेवाको थालनी गरेको थियो । स्थापनाको नौ वर्षमा यसले नेपालका ७७ वटै जिल्लाका जनतालाई आफ्नो सेवा प्रवाह गरिरहेको इ– सेवा नेपालको सबैभन्दा ठूलो अनलाइन पेमेन्ट कम्पनी हो ।
विश्वास ढकाल र असगर अलिले सूरु गरेको इ– सेवाले हाल प्रत्यक्ष अप्रत्यक्ष रुपमा ३० हजार भन्दा बढीलाई रोजगार दिइरहेको छ । भने ६० लाख सेवाग्राही लावान्वीत भएका छन् । विश्व प्रविधिको युगमा धेरै अघि बढीसक्दा नेपालमा भने मोबाईल समेत एउटा नौलो उपकरण थियो । त्यस्तो अवस्थाबाट सुरु गरेको इ– सेवामा अहिले विजुली, पानी, इन्टरनेट विल सबै अनलाइन गर्न सकिन्छ । साथै मोवाईल तथा डिटिएच रिचार्ज समेत इ– सेवाबाट गर्न सकिन्छ ।
इ– सेवाबाट कारोवार गर्दा समयको बचत त हुन्छ नै साथै रिचार्ज गर्दा वा विजुलीको विल तिर्दा हरेक पटक दुई प्रतिशत पैसा फिर्ता पनि हुन्छ । इ– सेवाका सेवाग्राही शहरी क्षेत्रमा मात्र नभएर ग्रामिण क्षत्रमा पनि उल्लेखनिय रुपम बढेका छन् ।
प्रतिक्रिया