प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ४, २०७६
|
|
४३ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’

सारांश

  • काठमाडौं, ४ कात्तिक ।
  • प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो टुक्का सहितको भाषणका लागि परिचित छन् ।
  • उनले प्राय घतलाग्दो शैलीमा भाषण दिएर मख्खै पार्ने गरेका छन् भने आफ्नो विरोधीको त भाषणबाटै सातो खाँदै आएका छन् ।

काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो टुक्का सहितको भाषणका लागि परिचित छन् । उनले प्राय घतलाग्दो शैलीमा भाषण दिएर मख्खै पार्ने गरेका छन् भने आफ्नो विरोधीको त भाषणबाटै सातो खाँदै आएका छन् । सोमबार उनै प्रधानमन्त्री ओलीले आफ्नो पालामा इतिहासमै नभएका कामहरु सम्पन्न भएको दाबी गरेका छन् ।

सोमबार नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘कुरा गर्ने मान्छेहरु कुरा गरिरहेका छन् । सरकारले काम गरिरहेको छ । दुरगामी असर पार्ने कदमहरु चालेको छ ।’ त्यस्तै, उनले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको पनि बताए । उनले भने, ‘अब हामी मात्र साढे ३ वर्ष पर्खिनुपर्छ ।

त्यसपछि हामीले एउटा गीत हेरेका हौंला, काठमाडौंबाट यसो छिरेर उता हेटौंडा निकालेको देखाउँथ्यो । उताबाट छिरेर उता निक्लेको त ४२ महिनापछि भइहाल्छ ।’ उनले ठेकदार कम्पनीलाई पनि समयमै काम सम्पन्न होस् भनेर सचेत गराएका छन् । नेपालभित्र काम जिम्मा लिएर समयमा नगर्ने देखिएको भए पनि जापानी कम्पनीले समयमै काम गर्ने गरेको अनुभव रहेको बताए । उनले आफूले पानी जहाजको कुरा गर्दा कतिपयले खिल्ली उडाएपनि अहिले कोलकाताबाट विराटनगर नजिकसम्म पानी जहाज आउन थालेको दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ शक्तिले भन्यो–विप्लव समूह माथिको प्रतिबन्ध अनुचित
नयाँ शक्तिले भन्यो–विप्लव समूह माथिको प्रतिबन्ध अनुचित
शिशिर श्रेष्ठको निर्देशनमा प्रमोदको नयाँ गीत सार्वजनिक
शिशिर श्रेष्ठको निर्देशनमा प्रमोदको नयाँ गीत सार्वजनिक
विद्युत् चुहावटबाट रु ६४ लाख असुली
विद्युत् चुहावटबाट रु ६४ लाख असुली
पर्यटकीय गन्तव्य बन्दै राप्ती शान्ति उद्यान
पर्यटकीय गन्तव्य बन्दै राप्ती शान्ति उद्यान
बूढानीलकण्ठ धर्मशालाको उद्घाटन
बूढानीलकण्ठ धर्मशालाको उद्घाटन
बहस : प्रदेश ३ को राजधानी कहाँ ?
बहस : प्रदेश ३ को राजधानी कहाँ ?
सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने
सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने
नेकपालाई काउन्टर दिने तयारीमा बाबुराम र महन्थ, कांग्रेस पनि सहभागि हुने
नेकपालाई काउन्टर दिने तयारीमा बाबुराम र महन्थ, कांग्रेस पनि सहभागि हुने
राष्ट्र बैंक ऐन संशोधनको तयारी: ‘डिजिटल करेन्सी’ लाई कानुनी रूप दिइने, राजनीतिक हस्तक्षेपमुक्त र स्वायत्त बनाउन अर्थमन्त्री वाग्लेको जोड
राष्ट्र बैंक ऐन संशोधनको तयारी: ‘डिजिटल करेन्सी’ लाई कानुनी रूप दिइने, राजनीतिक हस्तक्षेपमुक्त र स्वायत्त बनाउन अर्थमन्त्री वाग्लेको जोड
विप्लव समूहले जनसेना र सरकार बनाई सकेको गृहमन्त्रीको दावी
विप्लव समूहले जनसेना र सरकार बनाई सकेको गृहमन्त्रीको दावी