नरेन्द्र मोदीले भाषण गर्दै गर्दा २५ जना घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३२, २०७५
|
|
२८ पटक हेरिएको
Shares
नरेन्द्र मोदीले भाषण गर्दै गर्दा २५ जना घाइते

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएको एउटा -यालीमा टेन्ट खसेपछि २५ जना घाइते भएका छन् ।
  • टेन्टको एउटा भाग खसेपछि भाषण गर्दै गरेका मोदीले तत्कालै सम्बोधन रोकेर सुरक्षाकर्मीहरुलाई मद्दतका लागि निर्देशन दिएको पिटीआइले जनाएको छ ।
  • सुरक्षाकर्मीका अनुसार, गीलो माटोमा टेन्टका खम्बा गाडेको कारण दुर्घटना भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएको एउटा -यालीमा टेन्ट खसेपछि २५ जना घाइते भएका छन् । टेन्टको एउटा भाग खसेपछि भाषण गर्दै गरेका मोदीले तत्कालै सम्बोधन रोकेर सुरक्षाकर्मीहरुलाई मद्दतका लागि निर्देशन दिएको पिटीआइले जनाएको छ । सुरक्षाकर्मीका अनुसार, गीलो माटोमा टेन्टका खम्बा गाडेको कारण दुर्घटना भएको थियो ।

घाइतेहरुलाई तत्कालै अस्पताल लगिएको छ । अस्पताल पुगेर मोदीले घाइतेहरुलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गरेको छन् । पश्चिम बंगालमा निकै तामझामका साथ शुरु भएको मोदीको आजको ¥याली ममता बनर्जी नेतृत्वदेखि अन्यलाई ठूलो झटका थियो ।

तृणमूल कांग्रेसले मोदीको बिरोध गर्दै ममता बनर्जीका पोष्टरहरु सहरभरि छ्याप्छ्याप्ती लगाएको थियो । सम्बोधनमा मोदीले तृणमूल कांग्रेसको निकै आलोचना गरेका थिए । २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टी पश्चिम बंगालमा १६.८० प्रतिशत भोट ल्याउन सफल एको थियो । यसपछि उपचुनावमा २३.२९ प्रंशित भोट पाइएको थियो ।

मोदीको सभामा टेण्ट खसेको घटनालाई केहीले भने अपशकुनको संज्ञा दिँदै मोदी र भाजपाको आलोचना गरेका छन् ।

(एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?