सिमकोट विमान स्थल बन्द !

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सिमकोट विमान स्थल बन्द !

सारांश

  • काठमाडाै, २ असार ।
  • संस्कृति पर्यटन तथा नगरिक मन्त्रालयले गत वैशाख २६ दुर्गम क्षेत्रमा ५४ प्रतिशत हवाई भाडा बढाउने निर्णय विरुद्ध हुम्लामा विरोध भएको छ ।
  • सरकारले दुर्गम क्षेत्रमा हवाई वृद्धि गरेको भन्दै हवाई भाडा घटाउन माग गदै सिमकोट विमान स्थल बन्द गरिएको हाे ।

काठमाडाै, २ असार । संस्कृति पर्यटन तथा नगरिक मन्त्रालयले गत वैशाख २६ दुर्गम क्षेत्रमा ५४ प्रतिशत हवाई भाडा बढाउने निर्णय विरुद्ध हुम्लामा विरोध भएको छ ।

सरकारले दुर्गम क्षेत्रमा हवाई वृद्धि गरेको भन्दै हवाई भाडा घटाउन माग गदै सिमकोट विमान स्थल बन्द गरिएको हाे ।

चरणबद्ध रुपमा आन्दोलन गदै हुम्लीहरुले आज शनिबार हुम्लाको सिमकोट विमान स्थल बिहान ७ बजेबाट बन्द गरेका हुन ।  ज्ञापनपत्र सहित हवाई भाडा घटाउन माग गर्दा पनि सरकारले नसुनेपछि आफुहरु आन्दोलित हुन बाध्य भएको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाग्मेल तामाङले बताए । उनले भने ‘हुम्ली जनताले हवाई भाडा घटाउनुपर्ने माग राख्दा समेत सरोकारवाला निकायले बेवास्था गदै आएपछि सिमकोट विमान स्थल बन्द गर्ने बाध्य भएका हौं ’ ।

राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्लामाथि हवाई भाडा चार्टर उडानको नाममा यात्रुबाट चर्को भाडा असुल्दै भाडा बढाएको उनीहरुको आरोप छ । हुम्ली जनताले पाउने सहुलियत उडान पनि कटाएको र हुम्ली जनताहरु हवाई जहाजमा चर्को रुपमा भाडा हवाई भाडा तिरेर आवतजावतदेखि दैनिक उपभोग्य वस्तुका साथै विकास निर्माणका सामाग्रीको ढुवानी गर्ने बाध्य भन्दै सिमकोट विमान स्थल पनि बिहानबाटै बन्द गरेका छन ।

राजा महेन्द्रको पालामा मनाङ जिल्लाबासीहरुलाई अतिदुर्गम भएकोले विदेश आवतजावत गर्नेको लागि फ्रि भिसा दिएको र राज्यको इच्छाशक्ति भएदेखि ७७ जिल्ल्ला मध्ये सडक सञ्जाल नजोडिएको हुम्लीमात्रै राज्य हवाई भाडामा अनुदान दिने हो भने नमुना सरकार बन्ने उद्योग वाणिज्य संघका अध्यक्ष नाग्मेल तामाङले बताए ।

भाडा घटाउन शान्तिपुर्ण माग गर्दा पनि सरकारको सुनुवाई भएन भने अब जिल्लाका ७ वटै स्थानीय तहहरु पनि आन्दोलनमा उत्रिने सिमकोट गाउँपालिका अध्यक्ष पदम लामाले चेतावनी दिएका छन । हाल सिमकोट नेपालगञ्ज तथा नेपालगञ्ज सिमकोटको ७ हजार १ सय ९० भाडा दर कायम गर्ने निर्णय सरकारले गरेपनि यो सहज रुपमा टिकट नपाउने होकी भन्ने चिन्ता व्यक्त गर्ने थालेका छन ।
सरकारले नेपालगञ्जदेखि सिमकोट सिमकोट देखि नेपालगञ्जको मात्रै भाडा निरधारण गरेको र कर्णाली प्रदेशमा विमान स्थल हुदाहुदै पनि सुर्खेतबाट नेपालगञ्ज जानु पर्ने बाध्यता भएको स्थानीयले बताए ।

उद्योग वाणिज्य संघ हुम्लाको अगुवाईमा भएको बन्दमा नागरिक समाज हुम्ला, नेपाल पत्रकार महासंघ हुम्ला, निर्माण व्यवसायी हुम्ला, होटेल व्यवसायी हुम्ला , जिल्ला स्थित सम्पुर्ण राजनीतिक दलहरुको सक्रिय सहभागिता छ ।

(newportworldresorts.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?