समाजवादीले दावी गर्यो सभामुखमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १९, २०७६
|
|
५१ पटक हेरिएको
Shares
समाजवादीले दावी गर्यो सभामुखमा

सारांश

  • सत्तारुढ दल समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले सभामुखमा आफ्नो पार्टीको प्रमुख दाबी रहने स्पष्ट पारेका छन् ।
  • उनले भने,‘सभामुखमा मधेशी, आदिवासी, जनजाति हुनुपर्छ, हाम्रो पार्टीलाई सभामुख दिईनुपर्छ ।
  • ’ उनले संसदको हिउँदे अधिवेशनपनि छिटोभन्दा छिटो बोलाउनुपर्ने बताए ।

सत्तारुढ दल समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले सभामुखमा आफ्नो पार्टीको प्रमुख दाबी रहने स्पष्ट पारेका छन् । उनले भने,‘सभामुखमा मधेशी, आदिवासी, जनजाति हुनुपर्छ, हाम्रो पार्टीलाई सभामुख दिईनुपर्छ ।’ उनले संसदको हिउँदे अधिवेशनपनि छिटोभन्दा छिटो बोलाउनुपर्ने बताए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अरगरियाले संसद सुचारुको विषयमा संविधानमा र प्रतिनिधिसभाको नियामावलीमा बेग्लाबेग्लै व्यवस्था गरिएको पनि सुनाए । उनले भने,‘संसदको सुचारु गर्न र अन्त्य गर्न सभामुख नै चाहिने व्यवस्था नियमावालीमा गरिएको छ । संविधानमा पनि त्रुटि छ, त्यसैले संविधान संशोधन गर्न अति नै आवश्यक छ ।’ उनले पहिले पहिले हिउँदे अधिवेशन पुस १३ गते सुचारु गरिएको दृष्टान्त पेश गरे । तर, यसपटक सभामुख नभएको अवस्थामा हिउँदे अधिवेशन केही ढिलो हुनसक्ने उनको भनाई छ ।

तर, हिउँदे अधिवेशन बोलाउनको लागि सभामुखको जरुरी नै नभएको उनको तर्क छ । उनले भने,‘संसद सचिवालयले सरकारलाई पत्राचार गर्ने हो, सरकारले मन्त्रिपरिषदको बैठक राखेर राष्ट्रपतिलाई सिफारिश गर्ने हो । राष्ट्रपतिले त्यसपछि मिति आह्वान गर्ने हो । हिउँदे अधिवेशन बोलाउने प्रक्रियामा कुनै बञ्चित छैन्।’ देशमा विद्यमान समस्याहरुको समाधानको लागि पनि छिटो भन्दा छिटो हिउँदे अधिवेशन बोलाउनुपर्ने उनको माग छ । उनले भने,‘यसबारेमा म सरकारको ध्यानाकार्षण गराउन चाहन्छु ।’

आफ्नो पार्टीको हालै बसेको केन्द्रिय कार्यसमितिको बैठकमा पनि सीमा अतिक्रमणबारे छलफल भएको सुनाउँदै उनले यसबारेमा सरकारले कुटनीतिक पहलमार्फत समस्याको समाधान गर्नुपर्ने सुझाव दिए । उनले भने,‘लिपुलेक, कालपानी हाम्रो हो, सरकारले कुटनीतिक तवरले समस्याको हल गर्नुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भनिएका समाचारहरु भ्रामक!
‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भनिएका समाचारहरु भ्रामक!
जापान भूकम्पमा मर्नेको संख्या ४४ पुग्यो
जापान भूकम्पमा मर्नेको संख्या ४४ पुग्यो
स्वबियु चुनाब जित्न अनेरास्वबियु क्पाम्पस क्याम्पसमा
स्वबियु चुनाब जित्न अनेरास्वबियु क्पाम्पस क्याम्पसमा
२४ सहसचिवको सरुवा, को कहाँ पुगे, कसलाई काहा ल्याइयो ?
२४ सहसचिवको सरुवा, को कहाँ पुगे, कसलाई काहा ल्याइयो ?
राप्रपा राष्ट्रवादीकी नेतृ राज्यलक्ष्मी श्रेष्ठ कांग्रेस प्रवेश
राप्रपा राष्ट्रवादीकी नेतृ राज्यलक्ष्मी श्रेष्ठ कांग्रेस प्रवेश
लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर यात्रा
लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर यात्रा
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता
राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता
सम्पुर्ण नेपालिजनमा बिजया दशमि २०७४ को हार्दिक मंगलमय शसभकामना,
सम्पुर्ण नेपालिजनमा बिजया दशमि २०७४ को हार्दिक मंगलमय शसभकामना,
आज बुधबार कस्तो छ तपाईंको राशिफल?
आज बुधबार कस्तो छ तपाईंको राशिफल?