सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ६, २०८०
|
|
४४ पटक हेरिएको
Shares
सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा

सारांश

  • कैलाली।
  • सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ।
  • मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ। मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले भने, ‘आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको छ।’

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो।

सँगै दुर्घटनामा परेका मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो। गम्भीर घाइते भएका मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको थियो।

अस्पताल पुर्‍याएको ३५ मिनेटपछि नेपालगन्ज शिक्षण अस्पतालले मन्त्री सिंहलाई मृत घोषणा गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
दशैंको शुभसाइत सार्वजनिक
दशैंको शुभसाइत सार्वजनिक
रित्तो जिन्दगी..
रित्तो जिन्दगी..
वर्षातले डोटीका सडक अवरुद्ध, गाउँमा खाद्य सङ्कट
वर्षातले डोटीका सडक अवरुद्ध, गाउँमा खाद्य सङ्कट
पोखराको चोरसाँघुमा सेती नदीमाथि बनेको पक्की पुलको उद्घाटन
पोखराको चोरसाँघुमा सेती नदीमाथि बनेको पक्की पुलको उद्घाटन
सरकारका प्रमुख तीन प्राथमिकता
सरकारका प्रमुख तीन प्राथमिकता
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
बलिउडकाे सबैभन्दा ठूलाे एक्शन फिल्म, यी हुन् कलाकार
बलिउडकाे सबैभन्दा ठूलाे एक्शन फिल्म, यी हुन् कलाकार
साउन सुरु भएसँगै झरीका बीच पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो, दर्शनलाई सहज बनाउन कोषको विशेष तयारी
साउन सुरु भएसँगै झरीका बीच पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो, दर्शनलाई सहज बनाउन कोषको विशेष तयारी