भारतले यसरी सुधार्दै ओली र नेपालसँग सम्बन्ध !
सारांश
- काठमाडौं, ८ माघ ।
- संविधान निर्माण र नाकाबन्दीको कारण नेकपा एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग चिसिएको सम्बन्ध सुधार गर्न भारतीय संस्थापन पक्षले फरक–फरक च्यानल प्रयोग गरेको छ ।
- गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा करिब दुई तिहाइ स्थानमा नेकपा एमालेको नेतृत्वको बामपन्थी गठबन्धनले जीत हासिल गरेपछि दिल्लीमाथि एमाले र सरकारको नेतृत्व गर्न संघारमा रहेका अध्यक्ष ओलीसँग सम्बन्ध सुधारका लागि दबाब परेको हो ।
काठमाडौं, ८ माघ । संविधान निर्माण र नाकाबन्दीको कारण नेकपा एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग चिसिएको सम्बन्ध सुधार गर्न भारतीय संस्थापन पक्षले फरक–फरक च्यानल प्रयोग गरेको छ । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा करिब दुई तिहाइ स्थानमा नेकपा एमालेको नेतृत्वको बामपन्थी गठबन्धनले जीत हासिल गरेपछि दिल्लीमाथि एमाले र सरकारको नेतृत्व गर्न संघारमा रहेका अध्यक्ष ओलीसँग सम्बन्ध सुधारका लागि दबाब परेको हो ।
एकै महिनाभित्र दुईपटक टेलिफोन गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्षलाई जीतका लागि बधाई दिनेदेखि प्रधानमन्त्री बनेपछि भारत भ्रमणको निम्तोसम्म दिइसकेका छन् । पहिलोपटक भारतीय प्रधानमन्त्री मोदीले ३ वटै तहको निर्वाचन सम्पन्न गरेको र जीतेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिए भने एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जीतको बधाई दिएका थिए ।
तर आइतबार भने मोदीले ओलीलाई मात्रै फोन गरेर भावी प्रधानमन्त्रीको रुपमा बधाई दिँदै प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्ने निम्तो समेत दिए । यो दुवै घटनालाई पर्यवेक्षकहरुले नेकपा एमाले र त्यसका अध्यक्ष ओलीसँग सम्बन्ध सुधारका लागि भारतीय संस्थापनको पहलको रुपमा बुझेका छन ।
त्यस्तो प्रयास सरकार संयन्त्रबाट मात्रै नभएर सत्तारुढ भारतीय जनता पार्टीका सांसद तथा नेताहरुले आफ्नो तर्फबाट फरक–फरक माध्यमबाट एमाले र ओलीसँग सम्पर्क स्थापना गर्न खोजेका छन ।
भारतीय जनता पार्टीभित्र एमाले र ओलीको सम्बन्धबारे दुई धार रहँदै आएको थियो । उत्तरखण्डका पूर्वमुख्यमन्त्री समेत रहेका भगतसिंह कोसियारीसहितका नेताहरु पहिलेदेखि ओली र एमालेसँग निकट सम्बन्ध राखेर जानुपर्ने पक्षमा रहँदै आएका थिए । कोसियारीसहित दिल्लीबाट लोकसभाका सांसद उदित राज, भाजपाभित्र नेपाल मामिलाका विज्ञ विजय जोली मात्रै नभएर नेपालमा लागि पूर्व भारतीय राजदूत केभी राजन पनि ओलीसँग राम्रो सम्बन्धको पक्षमा रहेका छन् ।
‘ओलीको अडानहरु आफ्नो देशको पक्षामा भएपनि भारत विरोधी होइन भन्ने बुझाइ रहेको छ’ पछिल्लो घटनाक्रमको बारेमा जानकार एक एमाले नेताले भने, ‘ओलीको धारणा प्रो नेपाली हुनुको अर्थ एन्टी इन्डियन वा प्रो चाइना होइन भन्ने उनीहरुको बुझाइ रहेको छ । पछिल्लो चुनावी परिणामपछि राम्रो सम्बन्धको पक्षपातिहरु दावी हुने सम्भावना देखिएको छ ।’
हाल प्राध्यापक एसडी मुनी, भाजपाका महासचिव राम माधव, विदेश सचिव एस जयशंकर र नाकाबन्दीको समयममा नेपालका लागि भारतीय राजदूत रहेका रञ्जित रे हावी रहँदै आएका थिए ।
नेपालमा संविधान जारी गर्ने तयारी गरेपछि भारतीय सरकारको विशेषदूत बनेर आएका जयशंकरको भूमिकाको कारण पनि सम्बन्ध न्युन बिन्दुमा पुगेको थियो । संविधान जारी भए लगत्तै नेपालमाथि भारतले नाकाबान्दी लगायो ।
नाकाबन्दीकाबीच ओली प्रधानमन्त्री बने । नाकाबन्दी साढे पाँच महिनापछि खुल्यो । तर ओली सरकारलाई असफल बनाउन त्यसपछि पनि प्रयास भए । भारतीय पक्षको सक्रियतामा त्यस समयमा गठबन्धनबाट नेकपा माओवादी केन्द्र बाहिरिएको र नेपाली कांग्रेससँग गठबन्धन गरेको कतिपय भारतीय सञ्चार माध्यमहरुले सगर्व प्रस्तुत गरेका थिए ।
त्यसपछिको स्थानीय चुनावमा एमाले ठूलो दलमा रुपान्तरिक भयो । पछिल्लो समयमा नेकपा एमाले र नेकपा माओवादीबीच चुनाव गठबन्धनले चुनावमा प्राप्त गरेको सफलता मात्रै भएर पार्टी एकताको कारण लामो समयसम्म ठूलो शक्ति रहने सम्भावनाले पनि दिल्लीलाई सम्बन्ध सुधार गरेर जानुपर्ने दबाब देखिएको छ ।
प्रतिक्रिया