अझै २ दिन बर्षा हुने, सतर्क रहन मौशम विभागको अनुरोध

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ४, २०७९
|
|
२० पटक हेरिएको
Shares
अझै २ दिन बर्षा हुने, सतर्क रहन मौशम विभागको अनुरोध

सारांश

  • काठमाडौं ।
  • मुलुकमा अविरल बर्षाको सम्भावना कायम रहेको र अर्झ दुइ दिनसम्म वर्षा हुने जल तथा मौशम विज्ञान विभागले जनाएको छ ।
  • विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले केही दिन वर्षाको सम्भावना रहेको जनाएको छ ।

काठमाडौं । मुलुकमा अविरल बर्षाको सम्भावना कायम रहेको र अर्झ दुइ दिनसम्म वर्षा हुने जल तथा मौशम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले केही दिन वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार प्रदेश १ मा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौं उपत्यका लगायत देशका बिभिन्न ठाउँहरुमा हिजोर अस्तिभन्दा अब केही ठूलो वर्षा हुन सक्नेछ बताइएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।यसैगरी राति पनि बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?