फरार तीन अभियुक्त पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १९, २०७६
|
|
२७ पटक हेरिएको
Shares
फरार तीन अभियुक्त पक्राउ

सारांश

  • विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर लामो समयदेखि फरार रहेका तीन जनालाई प्रहरीले बुधबार सिराहाको छुट्टाछुटै स्थानबाट प्रहरीले एकै दिन बुधबार पक्राउ गरेको छ ।
  • जबर्जस्ती करणी मुद्दामा फरार कल्याणपुर नगरपालिका–११ का ७० वर्षीय रामप्रसाद मोची, चोरी मुद्दामा फरार कल्याणपुर नगरपालिका–८ मझौलियाका २६ वर्षीय सुरेन यादव तथा लेनदेन बिगो मुद्दामा फरार सिराहा नगरपालिका–१२ सास्वरका ५५ वर्षीय काशिन्द्र यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
  • आठ सय लिटर घरेलु मदिरा नष्ट सिराहा प्रहरीले बुधबार विभिन्न स्थानबाट करीब आठ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर लामो समयदेखि फरार रहेका तीन जनालाई प्रहरीले बुधबार सिराहाको छुट्टाछुटै स्थानबाट प्रहरीले एकै दिन बुधबार पक्राउ गरेको छ ।जबर्जस्ती करणी मुद्दामा फरार कल्याणपुर नगरपालिका–११ का ७० वर्षीय रामप्रसाद मोची, चोरी मुद्दामा फरार कल्याणपुर नगरपालिका–८ मझौलियाका २६ वर्षीय सुरेन यादव तथा लेनदेन बिगो मुद्दामा फरार सिराहा नगरपालिका–१२ सास्वरका ५५ वर्षीय काशिन्द्र यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

आठ सय लिटर घरेलु मदिरा नष्ट

सिराहा प्रहरीले बुधबार विभिन्न स्थानबाट करीब आठ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । नरहा गाउँपालिका–३, सिरहा नगरपालिका–१२ सास्वर र माडर, बरियारपट्टीलगायत स्थानबाट सो परिमाणको घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?