पूर्व मन्त्रीका हैसियतमा डाक्टर देवकोटालाई सम्मान दिने, एक दर्जन शाेक पुस्तिका भरियाे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०७५
|
|
५२ पटक हेरिएको
Shares
पूर्व मन्त्रीका हैसियतमा डाक्टर देवकोटालाई सम्मान दिने, एक दर्जन शाेक पुस्तिका भरियाे

सारांश

  • काठमाडाै, ५ असार ।
  • स्वर्गिय डा उपेन्द्र देवकाेटाकाे सम्झनामा बिहान देखि करिव एक दर्जन शाेक पुस्तिका भरिएकाे छ ।
  • अस्पताल प्रशासनले दिएकाे जानकारि अनुसार बिहान ८ बजे देखि राखिएकाे शाेक पुस्तिका मा उच्च पदस्त व्यक्ति देखि सर्वसाधरणा सम्मले शाेक पुस्तिकामा देवकाेटाकाे सम्झना व्यक्त गरेका छन ।

काठमाडाै, ५ असार । स्वर्गिय डा उपेन्द्र देवकाेटाकाे सम्झनामा बिहान देखि करिव एक दर्जन शाेक पुस्तिका भरिएकाे छ ।

अस्पताल प्रशासनले दिएकाे जानकारि अनुसार बिहान ८ बजे देखि राखिएकाे शाेक पुस्तिका मा उच्च पदस्त व्यक्ति देखि सर्वसाधरणा सम्मले शाेक पुस्तिकामा देवकाेटाकाे सम्झना व्यक्त गरेका छन ।

त्यसै गरि स्वर्गीय देवकाेटाकाे पार्थीव शरिर मा श्रदाञ्जलि व्यक्त गर्न साेमबार बेलुका प्रधानमन्त्री केपी शर्मा अाेली न्युराे अस्पताल बाँसबारी पुगेका थिए । 

त्यसैगरी अाज बिहान उपराष्टपति नन्दबहादुर पुन, सभामुख कृष्ण बहादुर महरा, नेकपा का महासचिव विष्णु पाैडेल, नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री, अग्नि श्रेष्ठ ,सुवाश नेम्वाङ लगायत उच्च पदस्त व्यक्तिहरू श्रदाञ्जलि अर्पण गर्न न्युराे अस्पताल बाँसबारी पुगेका थिए ।

सोमबार निधन भएका वरिष्ठ न्यूरो सर्जन तथा पूर्व स्वास्थ्यमन्त्री डाक्टर उपेन्द्र देवकोटाको अन्त्येष्टिमा सशस्त्र प्रहरीको टुकडीले आर्यघाटमा सलामी दिने भएको छ।

पूर्व विशिष्ठ व्यक्तिहरुको अन्त्येष्टिमा प्रदान गरिने सम्मान निर्देशिकाअनुसार पूर्व मन्त्रीका हैसियतमा डाक्टर देवकोटालाई सम्मान दिन लागिएको हो।

गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीका अनुसार देवकोटाको अन्त्येष्टिमा सशस्त्र प्रहरीको टुकडीले सलामी दिनेछ। उनले देवकोटालाई निर्देशिकामा रहेको व्यवस्थाअनुसार सम्मान दिन लागिएको बताए। ‘थप केही निर्णय भएको होइन, पूर्व मन्त्रीका हैसियतमा ससम्मान उहाँको अन्त्येष्टिको व्यवस्था राज्यले गर्नेछ,’ सुवेदीले  भने।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Nil Kantha Chalise

    Former minister bhannu hundaina Nepal Tara bhannu parxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५ सय ११ नेपाली युक्रेनको सीमावर्ती देश पुगे, भारतीय विमानबाट नेपाल ल्याउने तयारी
५ सय ११ नेपाली युक्रेनको सीमावर्ती देश पुगे, भारतीय विमानबाट नेपाल ल्याउने तयारी
भावी आर्मी चिफका लागि सेनामा अन्यौल
भावी आर्मी चिफका लागि सेनामा अन्यौल
चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका  हरि ढकाल विजयी
चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदै
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मनाेरञ्जन समाचार : अप्रिल १९ मा हुने भनिएको अर्जुन कपूर र मलाइका अरोराको विवाह रोकियो
मनाेरञ्जन समाचार : अप्रिल १९ मा हुने भनिएको अर्जुन कपूर र मलाइका अरोराको विवाह रोकियो
Pin Up Online Casino Azerbaycan ️ Onlayn Kazino PinUp Rəsmi Sayt
देशभरको तापक्रम घट्यो, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
देशभरको तापक्रम घट्यो, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
धूम ४ः यसकारण गरे सलमानले गरे फिल्म बहिष्कार, यी कलाकार देखिँदैछन् मुख्य भूमिकामा !
धूम ४ः यसकारण गरे सलमानले गरे फिल्म बहिष्कार, यी कलाकार देखिँदैछन् मुख्य भूमिकामा !
वीर अस्पतालका न्युरोसर्जन डा. ध्रुवराज अधिकारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
वीर अस्पतालका न्युरोसर्जन डा. ध्रुवराज अधिकारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी