राजधानी लक्षित हवाई अाक्रामण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
३१ पटक हेरिएको
Shares
राजधानी लक्षित हवाई अाक्रामण

सारांश

  • साना, १२ भदौ ।
  • विद्रोहीको बलियो प्रभाव रहेको यमनको राजधानी सानाको विमानस्थलमा स्थानीय समयानुसार सोमबार मध्यराति साउदी गठबन्धनले एक दर्जन बढी हवाई हमला गरेको छ ।
  • यमनका हुथी विद्रोही समूहले हवाई हमला मध्यराति सुरु भएको र करिब आधा घण्टासम्म जारी रहेको जनाएको छ ।

साना, १२ भदौ । विद्रोहीको बलियो प्रभाव रहेको यमनको राजधानी सानाको विमानस्थलमा स्थानीय समयानुसार सोमबार मध्यराति साउदी गठबन्धनले एक दर्जन बढी हवाई हमला गरेको छ । यमनका हुथी विद्रोही समूहले हवाई हमला मध्यराति सुरु भएको र करिब आधा घण्टासम्म जारी रहेको जनाएको छ । यद्यपि प्रायः यो विमानस्थल प्रयोगमा आउने गरेको छैन । उक्त विमानस्थल नजिकै अल दैलामी हवाई शिविर पनि रहेको छ । साउदीको अग्रसरताको संयुक्त सेनाले बेलाबखत यी दुबै विमानस्थलमा हवाई हमला गर्ने गरेको स्थानीय वासिन्दा र हुथी विद्रोहीआवद्ध टेलिभिजन अल मसिराहले जनाएका छन् । तर हालसम्म यस कारबाहीबाट मानवीय क्षतिको कुनै सामाचार आएको छैन ।

हुथी विद्रोहीले दुबई विमानस्थलमा मानवरहित ड्रोन आक्रमण गरेको दाबी गरेलगत्तै केही घण्टापछि सोमबार रातिको आक्रमण भएको बताइन्छ । तर संयुक्त अरब इमिरेट्सले हुथी विद्रोहीको दाबीलाई अस्वीकार गरेको छ । साउदी अरेबियाआवद्ध संयुक्त सेनाले सन् २०१५ बाट नै इरानको समर्थन रहेको हुथी बिद्रोही विरुद्ध कारबाही गर्दै आएको छ । अन्तर्राष्ट्रिय समर्थन रहेको यमन सरकारलाई पुनः स्थापनालगायत शक्तिमा ल्याउन र हुथी विद्रोहीलाई पछाडि पार्न साउदी अरेबियाले सन् २०१५ बाट यमन सरकारलाई सहयोग गर्दै आएको छ । तर साउदी अरेबियाआवद्ध संयुक्त सेनामाथि हुथी विद्रोहीविरुद्धको कारबाहीको क्रममा निर्दोष सर्वसाधारणको हत्या भएको आरोप लाग्दै आएको छ ।

सन् २०१५ बाट सुरु भएको यस द्वन्द्वमा परी १० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । साथै संयुक्त राष्ट्रसंघले यमनमा विश्वमै अत्यन्त खराब मानवीय द्वन्द्व जारी रहेको बताएको छ ।

(www.cookwarejunkies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैशाखदेखि आजसम्म नेपालमा ४८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना
बैशाखदेखि आजसम्म नेपालमा ४८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना
बौद्धबाट एघार महीनामा आपराधिक घटनामा संलग्न ८४४ जना पक्राउ
बौद्धबाट एघार महीनामा आपराधिक घटनामा संलग्न ८४४ जना पक्राउ
पाकिस्तानी प्रधानमन्त्रीको आरोप : स्टक एक्सचेन्जमा घटेको घटनामा भारतको मुख्य भूमिका थियो
पाकिस्तानी प्रधानमन्त्रीको आरोप : स्टक एक्सचेन्जमा घटेको घटनामा भारतको मुख्य भूमिका थियो
प्रदेश नं ४काे नाम गण्डकी राख्न दिन्नाै: जनजाति महासंघ
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
लेखा समितिद्वारा विमान खरिद प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग्ने निर्णय
लेखा समितिद्वारा विमान खरिद प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग्ने निर्णय
प्रत्यक्षतर्फको मतपत्र छपार्इ सुरु,समानुपातिकको सकियो
प्रत्यक्षतर्फको मतपत्र छपार्इ सुरु,समानुपातिकको सकियो
मिलेर वाम, कब्जा गर्दै दाङ
मिलेर वाम, कब्जा गर्दै दाङ
तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा
तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा
मंसिर ११ गते बुधबारको राशिफल यस्तो छ
मंसिर ११ गते बुधबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?