६२ वर्षीय सनी देओलको फिटनेस रहष्य के हो ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
६२ वर्षीय सनी देओलको फिटनेस रहष्य के हो ?

सारांश

  • गएको शुक्रबारदेखि बलिउड स्टार सनी देओल ६२ वर्ष पुगेका छन् ।
  • एक्सन हिरोको छबी बनाएका देओलले फिल्ममा बोलेका कैयौ डाइलग अहिले पनि दर्शकको कानमा गुन्जिरहन्छ ।
  • ६२ वर्ष पुगिसक्दा पनि देओल फिटनेस हेर्न लायककै छ ।

गएको शुक्रबारदेखि बलिउड स्टार सनी देओल ६२ वर्ष पुगेका छन् । एक्सन हिरोको छबी बनाएका देओलले फिल्ममा बोलेका कैयौ डाइलग अहिले पनि दर्शकको कानमा गुन्जिरहन्छ । ६२ वर्ष पुगिसक्दा पनि देओल फिटनेस हेर्न लायककै छ । यो उमेरमा कतिपय घरमा थन्किएर बसिरहेका बेला उनी भने उत्तिकै तन्दुरुस्तीका साथ हिडिरहेक हुन्छन् । १९ अक्टोबर १९५६ मा पञ्जावमा जन्मिएका देओलको स्वस्थता र फिटनेसको कारण जानौ न त ।

सनी देओलको स्वस्थ्ताको सबैभन्दा ठूलो राज मानिन्छ, चुरोट र रक्सी । उनी चुरोट र रक्सीमा कहिल्यै हात लगाउँदैनन् ।

उनी आफुलाई फिट राख्न नियमित योग र व्यायाम गर्छन् । ढाडको समस्याका कारण भने आजकाल उनले भारत्तोलन भने गर्न छोडेका छन् ।

सनी टेनिस र स्क्वास नियमित खेल्ने गर्छन् । जब बाहिर कतै फिल्म वा अन्य कामका कारण पुग्छन्, त्यतिबेला उनी पडाडमा हिड्न दौडन बाँकी राख्दैनन् । यसले पनि उनको फिटनेस चुस्तदुरुस्त राख्न मद्दत पुगिरहेको छ ।

फिटनेस र मानशिक स्वास्थ्यका लागिग खेलकुद बाहेक अन्य उत्तम उपाय केही नभएको सनीको दावी छ । त्यस्तै उनी नियमित स्वीमिंग पनि गर्ने गर्छन् ।

नियमित व्यायामका साथै उनी खानपिनमा पनि निकै ध्यान दिन्छन् । साथै आराममा पनि उत्तिकै ध्यान दिन्छन् । रक्सी र चुरोट जस्तै उनी गुलिया मिठाईको सेवनबाट पनि टाढै रहने गरेका छन् ।

देओल सकेसम्म घरबाहिरको खाना खाँदैनन् । खानामा रोटी, दालभात, सागसब्जी उनको प्रिय भोजन हो ।

दुध दहि र हरिया तरकारी पनि देओल खुबै खान्छन् । उनलाई मेठीको पराठा पनि निकै मन पर्छ । यस्ता सन्तुलित भोजनका कारण पनि उनको फिटनेस ढल्कदो उमेरमा पनि राम्रो छ ।

बेताव फिल्मबाट १९८२ देखि बलिउडमा प्रवेश गरेका सनी देओलका छोरा समेत फिल्ममा आउँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?