फिक्स्ड लाइन इन्टरनेटमा पनि टेलिकम नै अगाडि

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ११, २०७४
|
|
४८ पटक हेरिएको
Shares
फिक्स्ड लाइन इन्टरनेटमा पनि टेलिकम नै अगाडि

सारांश

  • काठमाडौं ।
  •  भ्वाइस टेलिफोन र मोबाइल इन्टरनेट सेवामा सबैभन्दा अगाडि रहेको नेपाल टेलिकम फिक्स्ड लाइन इन्टरनेटमा पनि अगाडि देखिएको छ ।
  • फिक्स्ड लाइन इन्टरनेट विस्तारका लागि तीन दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायकहरूले अनुमतिपत्र पाएको भए पनि त्यसमध्ये टेलिकम नै अगाडि रहँदै आएको छ ।

काठमाडौं । भ्वाइस टेलिफोन र मोबाइल इन्टरनेट सेवामा सबैभन्दा अगाडि रहेको नेपाल टेलिकम फिक्स्ड लाइन इन्टरनेटमा पनि अगाडि देखिएको छ । फिक्स्ड लाइन इन्टरनेट विस्तारका लागि तीन दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायकहरूले अनुमतिपत्र पाएको भए पनि त्यसमध्ये टेलिकम नै अगाडि रहँदै आएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार टेलिकमको फिक्स्ड लाइन इन्टरनेटमा कुल १ लाख ९८ हजार ५ सय ५६ ग्राहक रहेका छन् । जसमा एडिएसएलतर्फ सबैभन्दा बढी १ लाख ७८ हजार ३ सय ८९, वाइम्याक्समा १६ हजार ५ सय ४५ र डायलपतर्फ ३ हजार ६ सय २२ ग्राहक छन् ।

फिक्स्ड लाइन इन्टरनेट सेवा विस्तारमा महत्वपूर्ण मानिएका इन्टरनेट सेवा प्रदायक (आइएसपी) अझै पनि उल्लेख्य रूपमा सेवा विस्तार गर्न सकिरहेका छैनन् । तथ्यांकअनुसार हाल तीन दर्जनको संख्यामा रहेका आइएसपीका ग्राहकको कुल संख्या २ लाख २८ हजारको हाराहारीमा मात्रै छ । जुन कुल इन्टरनेट प्रयोगकर्ताको १ दशमलव ४६ प्रतिशत मात्र हो । जसमा सबैभन्दा बढी वल्र्डलिंकले एक लाखभन्दा बढी ग्राहकलाई ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । त्यसबाहेक १० हजारमाथि ग्राहक संख्या रहेका आइएसपीहरूको संख्या आधा दर्जन मात्रै छ ।

इन्टरनेटको पहुँच कति पुग्यो ?
प्राधिकरणको तथ्यांकअनुसार हालसम्म १ करोड ५५ लाख ५७ हजार जनतामा इन्टरनेट सेवा पुगिसकेको छ । जुन कुल जनसंख्याको ५८ दशमलव ७२ प्रतिशत हो । करिब ९६ प्रतिशत मोबाइल इन्टरनेट नेपालमा कुल इन्टरनेट प्रयोगकर्तामध्ये करिब ९६ प्रतिशत अर्थात् १ करोड ४९ लाख ३० हजारले मोबाइल इन्टरनेट प्रयोग गरिरहेका छन् । हाल नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले जिपिआरएस, थ्रिजी तथा फोरजी मोबाइल इन्टरनेट दिँदै आएका छन् । त्यसबाहेक ४ प्रतिशतले मात्रै फिक्स्ड लाइन तथा सिडिएमए इभिडिओ इन्टरनेट चलाउने गरेका छन् ।

के भन्छन् सरोकारवाला ?
अहिले आइएसपीहरूलाई वायरलेस माध्यमबाट उच्च गतिको इन्टरनेट विस्तार गर्न फ्रिक्वेन्सीको अभाव छ । उच्चगतिको इन्टरनेट लैजाने माध्यम एफटिटिएच नै हो । तर, त्यसमा ठूलो लगानी आवश्यक हुन्छ । आइएसपीहरू त्यत्रो ठूलो लगानी गर्न सक्ने अवस्थामा छैनन् । पूर्वाधारमा लगानी जुटाउन समस्या भएकै कारण हामी सहरी क्षेत्रभन्दा बाहिर जान सकिरहेका छैनौँ । –सुमनलाल प्रधान, पूर्वअध्यक्ष, आइस्पान

फिक्स्ड लाइन इन्टरनेटका ग्राहक मोबाइल सेवाका ग्राहकभन्दा अलि भिन्न हुन्छन् । एउटा घर ग्राहकका रूपमा गणना हुने गरेको भए पनि त्यसबाट औसत ५ देखि ६ जनासम्मले इन्टरनेट प्रयोग गरिरहेका हुन्छन् । त्यस हिसाबले फिक्स्ड लाइन इन्टरनेटको पहुँच तथ्यांकमा देखिएभन्दा केही बढी नै हुन्छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकमबाट देशभर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भएपछि पहुँच बढ्ने देखिन्छ । -मीनप्रसाद अर्याल, प्रवक्ता, नेपाल दूरसञ्चार प्राधिकरण

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीको लालकिल्ला भत्काउन कांग्रेस-एमालेको नयाँ प्रयोग, उम्मेदवार एमालेको, चुनाव चिन्ह रुख !
माओवादीको लालकिल्ला भत्काउन कांग्रेस-एमालेको नयाँ प्रयोग, उम्मेदवार एमालेको, चुनाव चिन्ह रुख !
चितवन क्षेत्र नम्बर १ मा फेरि मत गणना काय स्थगित
चितवन क्षेत्र नम्बर १ मा फेरि मत गणना काय स्थगित
कसरी बित्छन रबि लामिछानेका दिनहरु हिरासतमा ।
कसरी बित्छन रबि लामिछानेका दिनहरु हिरासतमा ।
प्रधानमन्त्री ओलीले डाके सर्वदलीय बैठक, शिर्ष नेतालाई फोन
कास्कीका सिडिओ र प्रहरी प्रमुखको भूमिकालाई लिएर गृहमन्त्री लेखक फायर
कास्कीका सिडिओ र प्रहरी प्रमुखको भूमिकालाई लिएर गृहमन्त्री लेखक फायर
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने
कांग्रेस वैठकमा कोषाध्यक्ष यादवलाई श्रेष्ठको कुर्सीमा राखेपछि…
कांग्रेस वैठकमा कोषाध्यक्ष यादवलाई श्रेष्ठको कुर्सीमा राखेपछि…
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा
खानेपानी पनि राजनीति, हापुरेमा नेकपाको प्यानलै विजयी
खानेपानी पनि राजनीति, हापुरेमा नेकपाको प्यानलै विजयी
वरिष्ठ प्रहरी हवल्दार मृत फेला
वरिष्ठ प्रहरी हवल्दार मृत फेला