रेल र सडक दुवै मार्गले नेपालसँग जोडिन्छौं: चीन

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २, २०७४
|
|
७३ पटक हेरिएको
Shares
रेल र सडक दुवै मार्गले नेपालसँग जोडिन्छौं: चीन

सारांश

  • मंसिर १, २०७४-‘चिनियाँ विशेषतासहितको समाजवाद’ संसारभर फैलाउने उद्देश्यसाथ अघि बढेको छिमेकी देश चीनले नेपालसँग सडक र रेल दुवै मार्गबाट जोडिन चाहेको जनाएको छ।
  • चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौं महाधिवेशनपछि राष्ट्रपति सी जिनपिङले प्रस्तुत गरेको अवधारणाबारे शुक्रबार राजधानीमा नेपाली सञ्चारकर्मीलाई ‘ब्रिफ’ गर्दै चिनियाँ राजदूत यु होङले नेपालसँग चीनले विकास गर्न चाहेको सम्बन्धबारे प्रस्ट पारेकी हुन्।
  • ‘चीन नेपालसँग आर्थिक, सामाजिक, सांस्कृतिक र व्यापारिक सबै हिसाबले गहिरोसँग जोडिन चाहन्छ,’ युले भनिन्, ‘त्यसका लागि सडक र रेलमार्ग दुवैको विकास गर्न चीन प्रतिबद्ध छ।

मंसिर १, २०७४-‘चिनियाँ विशेषतासहितको समाजवाद’ संसारभर फैलाउने उद्देश्यसाथ अघि बढेको छिमेकी देश चीनले नेपालसँग सडक र रेल दुवै मार्गबाट जोडिन चाहेको जनाएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौं महाधिवेशनपछि राष्ट्रपति सी जिनपिङले प्रस्तुत गरेको अवधारणाबारे शुक्रबार राजधानीमा नेपाली सञ्चारकर्मीलाई ‘ब्रिफ’ गर्दै चिनियाँ राजदूत यु होङले नेपालसँग चीनले विकास गर्न चाहेको सम्बन्धबारे प्रस्ट पारेकी हुन्।

‘चीन नेपालसँग आर्थिक, सामाजिक, सांस्कृतिक र व्यापारिक सबै हिसाबले गहिरोसँग जोडिन चाहन्छ,’ युले भनिन्, ‘त्यसका लागि सडक र रेलमार्ग दुवैको विकास गर्न चीन प्रतिबद्ध छ।’

हालै चीन–नेपाल रेलमार्गको सम्भाव्यता अध्ययन सुरु भएको भन्दै युले थपिन्,  ‘कठिन भौगोलिक अवस्थितिका कारण रेलमार्गले असाध्यै अप्ठ्यारो सामना गर्नुपर्नेछ । यसका अलावा चीन नेपाल सरकारसँगको सहकार्यमा साविकको अरनिको राजमार्गकै समानान्तर महत्त्वका साथ रसुवागढी स्याफ्रुबेंसी राजमार्गको विकास गर्ने प्रक्रियामा छ ।’

नेपालसँग खुला व्यापार गर्ने चीनको मनसाय भएकाले सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी र हुम्लाको यारीमा सुक्खा बन्दरगाह बनाउने प्रक्रियामा दुई देश पुगेको उनले बताइन् ।

चीनले नेपालमा व्यापार र लगानीका अतिरिक्त थप तीन क्षेत्रमा हात बढाउन चाहेको दूतावासले जनाएको छ ।

‘भूकम्पपछिको पुनर्निर्माण, ऊर्जा र नेपालको पर्यटनमा पनि चीनको उत्तिकै चासो छ,’ युले भनिन्, ‘यसका अतिरिक्त दुई देशका नागरिकबीच भाषा र संस्कृति आदानप्रदान पनि बृहत् ढंगले होस् भन्ने हामी चाहन्छौं ।’

नेपालमा चिनियाँ पर्यटक बर्सेनि बढिरहेको र त्यसै अनुपातमा चिनियाँ भाषा सिक्ने नेपालीको संख्या पनि थपिँदै गएकामा राजदूत हुले प्रसन्नता व्यक्त गरिन् ।

सीको नेतृत्वमा पाँच वर्षको अन्तरालमा भएको विकास र आर्थिक वृद्धिका कारण चीन नयाँ युगमा प्रवेश गरेकाले समृद्ध चीनलाई नेपालले राम्रोसँग चिनेर आपसी हित प्रवद्र्धन गर्ने अवसरहरूको सदुपयोग गर्न राजदूत युले जोड दिइन् ।

उनका अनुसार चीनको तीनखम्बे वैदेशिक नीति रहेको र त्यो नेपालसँगको मित्रताका सम्बन्धमा पनि लागू हुनेछ । ‘समान व्यवहार, आपसी सहयोग र साझा विकास नै चीनको वैदेशिक नीति हो,’ युले भनिन्, ‘त्यसो हुनाले चीन नेपाललाई आफू बराबरीको हैसियतमा व्यवहार गर्छ, यसको आन्तरिक राजनीतिमा कहिल्यै दख्खल दिँदैन र आफ्नो मात्रै हित हुने गरी कुनै पनि विकासको काममा साझेदार बन्दैन ।’

नेपालले पनि आफ्नो माटो चीनविरुद्धको गतिविधिमा प्रयोग हुन नदिएको र सदा ‘एक चीन नीति’ इमानदारीसाथ पालना गरेकामा युले आभार प्रकट गरिन् । आउने दिनमा दुई देशबीच आपसी लाभ हुने गरी बृहत् तहमा व्यापारिक गतिविधि अघि बढाउने चीनको नीतिका सम्बन्धमा पनि उनले सञ्चारकर्मीलाई जानकारी गराएकी थिइन् ।

युले नेपाल र चीनबीचको व्यापार बढदै गएको बताइन् । ‘बर्सेनि दुई देशबीच व्यापारको पारो बढिरहेको तथ्यांक हेर्दा भुइँचालो नगएको भए अहिलेको अंक झनै धेरै हुने पक्का थियो,’ युले भनिन्, ‘तर भुइँचालोपछि तातापानी नाका बन्द हुँदा धेरै नै व्यापार कम भयो जुन अहिले फेरि बढदै गएको छ ।’

चीनको सर्वाधिक महत्त्वाकांक्षी परियोजना ‘वान बेल्ट वान रोड’ मा सामेल भएको नेपालमा सीमापार रेलमार्ग, दुई राजमार्ग र तीन सुक्खा बन्दरगाह बनिसकेपछि आपसी हित हुने खालको ठूलो व्यापारिक गतिविधि बढ्ने युले बताइन् ।

सन् २००९ मा नेपाल र चीनबीच ‘बृहत् साझेदारी सहयोग’ को मैत्रीपूर्ण सम्झौता भएको थियो । हालसम्म चीनले यस्तो सम्झौता ९० देशसँग गरिसकेको छ । त्यसैले पनि नेपाल चीनको प्राथमिकतामा परेको युले बताइन् ।

 

 

(Diazepam)

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Pema Sherpa

    बकबास गर्छस साला तातोपानी नाका खोल्न नसक्नेले

    Comment Author

    Matha Rabi

    Good news

    Comment Author

    Chola Kant

    Yo kura Nepal ko lagi Amrit sari xa.bam panthi le chunab jiter garna khoje Kai ahi ho.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?