युरोकप फुटबलः सहज जीत निकाल्दै पोर्चुगल अन्तिम १६ मा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ९, २०८१
|
|
१८ पटक हेरिएको
Shares
युरोकप फुटबलः सहज जीत निकाल्दै पोर्चुगल अन्तिम १६ मा

सारांश

  • काठमाडौं।
  • युरोकप २०२४ अन्तर्गत समूह ‘एफ’ मा टर्कीविरुद्ध सहज जित हासिल गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ।
  • लगातार दोस्रो जित दर्ता गर्दै पोर्चुगल युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको हो।

काठमाडौं। युरोकप २०२४ अन्तर्गत समूह ‘एफ’ मा टर्कीविरुद्ध सहज जित हासिल गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ। लगातार दोस्रो जित दर्ता गर्दै पोर्चुगल युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको हो।

शनिबार सम्पन्न खेलमा पोर्चुगलले टर्कीमाथि ३-० गोलको सहज जित हासिल गरेको हो। पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १-१ गोल गरे भने १ गोल आत्मघाती गोल रहेको थियो।

यो जितसँगै समूह एफमा पोर्चुगलको दुई खेलमा ६ अंक भएको छ। टर्कीको दुई खेलमा ३ अंक छ भने जर्जिया र चेकियाको १-१ अंक छ। समूह चरणका अन्तिम खेलमा पोर्चुगलले जर्जिया र टर्कीले चेकियाको सामना गर्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?