नागरिकको घरमा नजाने नेता मत माग्न खेतबारीमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
२० पटक हेरिएको
Shares
नागरिकको घरमा नजाने नेता मत माग्न खेतबारीमा

सारांश

  • रामेछाप, कात्तिक २७ – आउँदो मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावको मिति नजिकिँदै जाँदा रामेछापका गाउँबस्तीमा दलका नेता तथा कार्यकर्ताहरु घरघर पुगेर भोट माग्न व्यस्त छन् ।
  • जिल्लामा क्रियाशील राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु गाउँगाउँमा विभिन्न भेला सम्मेलन गर्नेदेखि जिल्लास्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी मतदाताहरुसँग भेटघाट कार्यक्रममा व्यस्त रहेका छन् ।
  • चुनावको मिति नजिकिँदै जाँदा आफ्नो पक्षमा मत माग्न नेताहरु मतदाताहरुको घरदैलो र खेत र बारीमा नै पुग्ने गरेका छन् ।
रामेछाप, कात्तिक २७ – आउँदो मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावको मिति नजिकिँदै जाँदा रामेछापका गाउँबस्तीमा दलका नेता तथा कार्यकर्ताहरु घरघर पुगेर भोट माग्न व्यस्त छन् । जिल्लामा क्रियाशील राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु गाउँगाउँमा विभिन्न भेला सम्मेलन गर्नेदेखि जिल्लास्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी मतदाताहरुसँग भेटघाट कार्यक्रममा व्यस्त रहेका छन् । चुनावको मिति नजिकिँदै जाँदा आफ्नो पक्षमा मत माग्न नेताहरु मतदाताहरुको घरदैलो र खेत र बारीमा नै पुग्ने गरेका छन् ।
मतदाताहरु खेतमा धान काट्न र बिटा लगाउन व्यस्त भएका कारण नेताहरु मतदाताको खेतमा नै पुग्ने गरेका छन् । खेतमा बिटा लगाउँदै गरेका किसानसँगै नेताहरुले बिटा समेत लगाएका छन् । यस अघिपछि कहिल्यै घरमा नआइपुग्ने नेताहरु अहिले खेतखेतमा पुग्न थालेपछि मतदाताहरु समेत उत्साहित बनेका छन् ।
चुनावको मिति नजिकिँदै जाँदा प्रजातान्त्रिक धार र वाम गठबन्धनहरु र अन्य राजनीतिक दलका नेताहरु चुनावी माहोल बनाउन नगरपालिका, गाउँपालिकाहरुमा वडा भेला, गाउँ भेला र नगर भेला सकेर अहिले घरदैलो अभियान र ठाउँ ठाउँमा चुनावी सभा गर्न व्यस्त रहेका छन् ।
चुनावको मिति घोषणा भएसँगै रामेछापका सबै वडा र नगर भेला अन्तर्गतको पहिलो चरणको कार्यक्रम सम्पन्न भएको नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले जानकारी दिनुभयो । आफ्नो पार्टीले प्रदेशसभा र प्रतनिधिसभामा जित्ने तयारीको साथ पार्टीका नेता तथा कार्यकर्ताहरु लागि परेको उहाँको भनाई छ ।
सबै राजनीतिक दलका नेताहरुले आफ्नो पार्टीका उम्मेदवारको पक्षमा कसरी मत प्राप्त गर्न सकिन्छ भनेर विभिन्न पार्टीको भावी योजनाका बारेमा समेत मतदाताहरुलाई रिजाउन लागि परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?