इन्द्रजात्राको अवसरमा दुई शहरका विदेशी पाहुना नेपालमा
सारांश
- काठमाडौ ।
- इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन अहिलेसम्म दुई शहरका विदेशी पाहुना मात्रै नेपाल आइपुगेका छन् ।
- भगिनी सम्बन्ध भएका अमेरिका र माल्दिभ्सबाट एक एक जना प्रतिनिधि काठमाडौं आइपुगेको महानगरले जनाएको हो ।
काठमाडौ । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन अहिलेसम्म दुई शहरका विदेशी पाहुना मात्रै नेपाल आइपुगेका छन् ।
भगिनी सम्बन्ध भएका अमेरिका र माल्दिभ्सबाट एक एक जना प्रतिनिधि काठमाडौं आइपुगेको महानगरले जनाएको हो ।भुटानको राजधानी थिम्पुबाट प्रतिनिधि आउने पक्का भएता पनि प्राविधिक कारणले ढिलाइ भएको हुनसक्ने महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख सुदर्शन भट्टराईले जानकारी दिए ।
महानगरका मेयर बालेन्द्र साह (बालेन) ले इन्द्रजात्रालाई विश्वस्तरीय बनाउने भन्दै अन्तर्राष्ट्रिय स्तरमा भगिनी सम्बन्ध भएका चीन, जापान, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका भगिनी नगरका १८ नगर प्रमुखलाई जात्रा हेर्न निमन्त्रणा गरेका थिए ।
चीनसहित केही देशमा कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय आवतजावत नै बन्द गरेकोले पाहुना आउन नसकेको भट्टराईले भनाइ छ ।
प्रतिक्रिया