भदौ २६ गते देखि ‘नाडा अटो-शो’
सारांश
- काठमाडौं ।
- नाडा अटो शो को १३ औं संस्करण ‘नाडा अटो शो २०१८’ भदौ २६ देखि ३१ सम्म भृकुटीमण्डपमा हुने भएको छ ।
- नाडा अटोमोबाइल्स एशोसिएशन् अफ नेपाल एवं ग्लोबल एक्सपोजिशन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने नाडा अटो शो २०१८ को शिर्ष प्रायोजनमा यस पटक फेरी सर्भो वल्र्ड क्लास लुब्रिकेन्स् रहेको छ ।
काठमाडौं । नाडा अटो शो को १३ औं संस्करण ‘नाडा अटो शो २०१८’ भदौ २६ देखि ३१ सम्म भृकुटीमण्डपमा हुने भएको छ । नाडा अटोमोबाइल्स एशोसिएशन् अफ नेपाल एवं ग्लोबल एक्सपोजिशन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने नाडा अटो शो २०१८ को शिर्ष प्रायोजनमा यस पटक फेरी सर्भो वल्र्ड क्लास लुब्रिकेन्स् रहेको छ ।
सवारी साधन तथा अटो कम्पोनेन्ट्स सम्बन्धि सम्पूर्ण जनाकारी एकै थलोमा उपलब्ध गराई, नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचार–प्रसार–प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष अटो शो हुदै आएको छ । आम सर्वसाधरणलाई सवारी साधनको महत्व र उपयोगिताबारे व्यापक जानकारी गराउने साथै सुरक्षित ड्राइभिङ, ट्राफिक नियमको पालना एवं सडक सुरक्षामा सम्बन्धी जन चेतनाको अभिवृद्धि गर्ने नाडा अटो शोको अभियान रहेको छ ।
चार पाङ्ग्रे, दुई पाङ्ग्रे र अटो कम्पोनेन्ट्सको अत्याधिक मागलाई ध्यानमा राखी, यस वर्ष तीन ओटा ह्यारहरु राखिने भएको छ । प्रदर्शन स्थलको अभावले गर्दा हेभी कमर्शियल गाडीहरु यस वर्ष प्रदर्शनीमा नराखिने भएको छ । ६ दिनसम्म चल्ने नाडा अटो शो मा १९ ब्राण्डका चार पाङ्ग्रे तथा २० ब्राण्डका २ पाङ्ग्रे सवारी साधनहरु रहने छन् । यसैगरी पैठारीकर्ता, डिलर, उत्पादक तथा बिक्रेता गरी ७१ कम्पनीहरुको सहभागिता रहने छन ।
साना ठूला गरी १ सय ३४ ओटा स्टलहरु रहने छन् । प्रदर्शनीमा प्रख्यात ब्राण्डका सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्ट्स, टायर ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजलगायत नेपालमै उत्पादित सामाग्रीहरुसमेत रहने छन् ।।
प्रतिक्रिया