फिलिपिन्समा पहिरोबाट ९५ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
फिलिपिन्समा पहिरोबाट ९५ जनाको मृत्यु

सारांश

  • मनिला, ८ असोज ।
  • फिलिसिन्समा गत हप्ता दुई स्थानमा भीषण रुपमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९५ जना पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
  • उत्तरी फिलिपिन्सको बेन्गुएट प्रान्तको इटओगोन शहरका ४९ व्यक्तिको शव निकालिएको र मध्य फिलिसिन्सको सेबु प्रान्तको नगा शहरमा ४६ जनाको शव निकालिएको अधिकारीहरुले बताएका छन् ।

मनिला, ८ असोज ।फिलिसिन्समा गत हप्ता दुई स्थानमा भीषण रुपमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९५ जना पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
उत्तरी फिलिपिन्सको बेन्गुएट प्रान्तको इटओगोन शहरका ४९ व्यक्तिको शव निकालिएको र मध्य फिलिसिन्सको सेबु प्रान्तको नगा शहरमा ४६ जनाको शव निकालिएको अधिकारीहरुले बताएका छन् ।फिलिपिन्सको लुजोन द्वीपबाट गत सेप्टेम्बर १५ मा शुरु भएको म्याङ्कुट नामक भीषण आँधीपछि यहाँ पहिरोले सताएको छ । यस पहिरोमा अझै पनि ५९ जना बेपत्ता रहेका छन् ।नगा शहरमा मात्र ४० जना बेपत्ता रहेका र उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ । त्यसैगरी करिब ३० ओटा घर डुबानमा परेका छन् ।

फिलिपिन्समा म्याङ्गकुट आँधी र गत हप्ता आएको भीषण पहिरोमा परी करिब २ सय व्यक्तिको मृत्यु भएको छ ।यस वर्षको नै भीषण आँधीको रुपमा आएको म्याङ्कुटबाट करिब १६ लाख कृषक र माझीहरु प्रभावित भएका छन् ।फिलिपिन्समा यस वर्ष आएको यो १५आँै आँधी हो । म्याङ्कुट भने सबैभन्दा शक्तिशाली आँधीका रुपमा रहेको छ । यस वर्षको अन्त्यसम्म अझै पनि चार या पाँच वटा आँधी आउने फिलिपिन्सको मौसम विज्ञान विभागले जानकारी दिएको छ । फिलिपिन्सका हरेक वर्ष करिब २० पटक आँधी आउने गरेको छ ।मध्य फिलिपिन्समा सन् २०१३ मा आएको सुपर टाइफून ‘हाइयान’ का कारण छ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी स्न् २०१३ मा राजधानी मनिलामा आएको ‘केत्साना’ नामक आँधीका परी सात सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?