फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २०, २०७९
|
|
३७ पटक हेरिएको
Shares
फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु

सारांश

  • मनिला ।
  • फिलिपिन्सका सुरक्षा बल र विद्रोही लडाकुहरूबीच भीडन्त हुँदा एकजना सैनिक सहित चार जनाको मृत्यु भएको छ ।
  • त्यसैगरी भीडन्तमा दुई सैनिक घाइते भएको पनि अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

मनिला । फिलिपिन्सका सुरक्षा बल र विद्रोही लडाकुहरूबीच भीडन्त हुँदा एकजना सैनिक सहित चार जनाको मृत्यु भएको छ ।

त्यसैगरी भीडन्तमा दुई सैनिक घाइते भएको पनि अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । सेनाका लेफ्टिनेन्ट कर्नेल हेक्टर इस्टोलासले जनाएअनुसार सेना र प्रहरीले मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तमा शुक्रबार न्यु पिपुल्स आर्मी (एनपीए) र विद्रोही बीच दुई पटक झडप भएको र जसमा एक सैनिकको मृत्यु भएको र दुई जना घाइते भएका छन्।

पुलिस ब्रिगेडियर जनरल एलन नोबलेजाले दक्षिणी फिलिपिन्सको लानाओ डेल सुर प्रान्तमा आइतबार छापा मार्ने क्रममा आपराधिक समूह दावलाह इस्लामियाका सदस्यहरूसँग पनि झडप भएको र तीन आतङ्ककारीको मृत्यु भएको बताएका छन् ।

यहाँ विद्रोहीहरू सन् १९६९ देखि सरकारसँग लड्दै आएका छन् । तिनीहरूले ग्रामीण क्षेत्रहरूमा आफ्नो आक्रमण केन्द्रित गर्दै सेनासँग झडप जारी राखेका छन् । सैन्य तथ्याङ्क अनुसार एनपीएमा दुई हजार सदस्यहरू छन् । 

(https://bestsellerpublishing.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?