आवासविहीनहरुको व्यवस्थापन गर्न ऐन निर्माण गर्दै शहरी विकास मन्त्रालय

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
आवासविहीनहरुको व्यवस्थापन गर्न ऐन निर्माण गर्दै शहरी विकास मन्त्रालय

सारांश

  • काठमाडौँ, २८ जेठ ।
  •   शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आवास ऐन बनाएर आवासविहीनहरुको व्यवस्थापन गरिने बताउनुभएको छ ।
  • राष्ट्रिय आवास कम्पनी लिमिटेडको ११औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई  सम्बोधन गर्दै उहाँले कम्पनीको नियमावली, कर्मचारी व्यवस्थापनलगायतका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

काठमाडौँ, २८ जेठ ।  शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आवास ऐन बनाएर आवासविहीनहरुको व्यवस्थापन गरिने बताउनुभएको छ ।

राष्ट्रिय आवास कम्पनी लिमिटेडको ११औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई  सम्बोधन गर्दै उहाँले कम्पनीको नियमावली, कर्मचारी व्यवस्थापनलगायतका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले संविधानमा आवासको हक सुरक्षित गरिएकाले कम्पनीले दलितलगायत विपन्न वर्गको आवासका लागि काम गर्ने दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कम्पनीलाई संघ वा प्रदेश कुन तहअन्तर्गत राख्ने भन्ने विषयमा मन्त्रालयले गृहकार्य गर्ने वचन उहाँले दिनुभयो । कार्यक्रममा सांसद दिलकुमारी, कम्पनी सञ्चालक समितिका अध्यक्ष मोहन चौधरी, सञ्चालक समिति सदस्य मीरा ज्ञवाली, महाप्रबन्धक दूतबहादुर गुरुङलगायतले कम्पनीमा कर्मचारी व्यवस्थापन हुन नसक्दा काममा प्रभाव परेकाले समस्या समाधानका लागि मन्त्री राईसमक्ष अनुरोध गर्नुभयो ।

कम्पनीको २० वर्षे कार्ययोजना तयार भए पनि जनशक्ति व्यवस्थापन हुन नसक्दा कार्यान्वयन गर्न नसकिएकाले छिटो समस्या समाधान गरिदिन उहाँहरुले आग्रह गर्नुभएको थियो ।

विसं २०३० मा पुनर्वास कम्पनीका नाममा खुलेको यो संस्थाको नाम ग्रामीण आवास कम्पनी हुँदै हाल राष्ट्रिय आवास कम्पनी राखिएको छ । कम्पनीको आफ्नै भवन नहुँदा केन्द्रीय कार्यालयका लागि भौँतारिनु परेकाले स्थायी भवनको व्यवस्था गरिदिन पनि माग गरिएको थियो ।

सो अवसरमासफलतापूर्वक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएका कम्पनीका कर्मचारी सुशील शेर्मालाई सम्मान गरिएको थियो । कम्पनीले तीन योजना कार्यालयमार्फत व्यवस्थित आवासका लागि काम गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rajendra Ghimire

    आफुलाई समाजवादी जस्तो देखाउन थाले है पुजिवादीहरु ..

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?