फुटबल समर्थकमाथि प्रहरीको लाठी चार्ज
सारांश
- काठमाडौं ।
- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।
- टिकट नपाएको भन्दै दर्शकले होहल्ला गरेपछि स्थितिलाई नियन्त्रणमा लिने प्रहरीले लाठी चार्ज गरेको हो ।
काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।
टिकट नपाएको भन्दै दर्शकले होहल्ला गरेपछि स्थितिलाई नियन्त्रणमा लिने प्रहरीले लाठी चार्ज गरेको हो ।
मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । आजै साँझ सागको समापन समारोह छ । त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए । तर सबै टिकट विक्री भइसकेको थियो ।
सोमबार नै राष्ट्रिय खेलकुद परिषद्ले विक्रीका लागि खुला गरिएको ८ हजार टिकट नै विक्री भइसकेका थिए ।
टिकट नपाएको भन्दै दर्शकले होहल्ला हो हल्ला गरेका थिए । केही समयको होहल्ला पछि धकेलाधकेल भएको थियो । जसलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया