जङ्गली हात्तीको आक्रमणमा परी उदयपुरको बेलका मा १ को मृत्यु
सारांश
- गाईघाट साउन,३०।
- उदयपुर जिल्ला को बेलका नगरपालिका मा कोशिटप्पु वन्यजन्तु आरक्षण बाट निस्केका जङ्गली हात्तीको आक्रमणमा परी आज उदयपुरको बेलका नगरपालिका–३ मा एक व्यक्तिको मृत्यु भएको छ।
- ३-४ वटाको समुहमा आएका जङ्गलीहात्तीको आक्रमणमा घरमै सुतिरहेका ३५ वर्षीय कुमार सार्कीको मृत्यु भएको हो।
गाईघाट साउन,३०। उदयपुर जिल्ला को बेलका नगरपालिका मा कोशिटप्पु वन्यजन्तु आरक्षण बाट निस्केका जङ्गली हात्तीको आक्रमणमा परी आज उदयपुरको बेलका नगरपालिका–३ मा एक व्यक्तिको मृत्यु भएको छ।
३-४ वटाको समुहमा आएका जङ्गलीहात्तीको आक्रमणमा घरमै सुतिरहेका ३५ वर्षीय कुमार सार्कीको मृत्यु भएको हो। हात्तीले सुतिरहेका सार्कीलार्इ उठाएर करिब ६०-७० मिटर पर लगेर सार्की लाई च्यापेर मारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राई ले बताए।
बिहान करिब ४ बजे घरमै सुतिरहेका सार्कीमाथि हात्तीले आक्रमण गरी उनलाई मारेको प्रमुख राईले बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया