घाइते शर्मिलाको उपचारको क्रममा मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०८०
|
|
२५ पटक हेरिएको
Shares
घाइते शर्मिलाको उपचारको क्रममा मृत्यु

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।
  • उनकाे त्रिवि शिक्षण अस्पतालमा बिहीबार मृत्यु भएको हो ।

काठमाडौँ । काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । उनकाे त्रिवि शिक्षण अस्पतालमा बिहीबार मृत्यु भएको हो ।

यही असोज १० गते काठमाडौँ महानगरपालिका–४ पञ्चकन्यास्थित आफ्नै डेरामा गोली लागेको अवस्थामा भेटिएकी चौधरीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले आज जानकारी दिए ।

मृतक चौधरी नौ दिन अघि उनका श्रीमान् नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक लक्ष्मण चौधरीले बोक्ने पेस्तोलबाट गोली लागेर घाइते भएको अवस्थामा निवासमा भेटिएकी थिइन् । उनको कोखामा एक राउन्ड गोली लागेको अनुसन्धानबाट खुलेको छ । लक्ष्मण चौधरी पूर्वआइजिपी ध्रुवबहादुर प्रधानको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)समेत रहेका छन् । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढुङ्गेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुपादेउरालीमा जिप दुर्घटना–तीन जनाको मृत्यु
सुपादेउरालीमा जिप दुर्घटना–तीन जनाको मृत्यु
झापामा खैरो हेरोईन (ब्राउन सुगर) सहित ४ जना पक्राउ
झापामा खैरो हेरोईन (ब्राउन सुगर) सहित ४ जना पक्राउ
जापानमा म्यूजिक भिडियो बनाउँदै दिलिप श्रेष्ठ
जापानमा म्यूजिक भिडियो बनाउँदै दिलिप श्रेष्ठ
विशेष महाविधेशन बोलाएर नेतृत्व परिवर्तन गर्नेबारे कांग्रेसमा छलफल सुरु, असन्तुष्ट नेताहरुको यस्तो छ डरलाग्दो तयारी
विशेष महाविधेशन बोलाएर नेतृत्व परिवर्तन गर्नेबारे कांग्रेसमा छलफल सुरु, असन्तुष्ट नेताहरुको यस्तो छ डरलाग्दो तयारी
चैत ७ गते शनिवारको राशिफल यस्तो छ
चैत ७ गते शनिवारको राशिफल यस्तो छ
डेंगुको सिकार भइन हिरोइन निरुता सिंह, मुम्बईमा उपचार हुँदै
डेंगुको सिकार भइन हिरोइन निरुता सिंह, मुम्बईमा उपचार हुँदै
१४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार
१४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार
एउटा चुनाव जित्दैमा धेरै फूर्तिफार्ती गर्नु पर्दैन : प्रधानमन्त्री ओली
एउटा चुनाव जित्दैमा धेरै फूर्तिफार्ती गर्नु पर्दैन : प्रधानमन्त्री ओली
अस्पतालले कामबाट हटाएपछि शरिरमा आगो लगाएका शिद्धार्थको मृत्यु
अस्पतालले कामबाट हटाएपछि शरिरमा आगो लगाएका शिद्धार्थको मृत्यु
दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर
दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर

तपाईंले छुटाउनुभयो कि?