कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढ्दै, १० दिनमा ४५० थपिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २३, २०७७
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • “काठमाडौँमा सामुदायिक, निजी तथा सरकारी कार्यालयहरूमा बैठक, गोष्ठी, सेमिनार तथा जमघट तुरुन्त बन्द गर्न, बन्द गर्न नमिल्ने भए ‘भर्चुअली’ गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अपिल गर्दछ ।
  • ” – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ प्रेस ब्रिफिङको सुरुवातमै यसप्रकारको सन्देश वाचन गर्दै सचेतना अपनाउन आग्रह गरेको छ ।
  • काठमाडौँमा दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि मन्त्रालयले यसप्रकारको अपिल गर्नु अनौठो होइन ।

“काठमाडौँमा सामुदायिक, निजी तथा सरकारी कार्यालयहरूमा बैठक, गोष्ठी, सेमिनार तथा जमघट तुरुन्त बन्द गर्न, बन्द गर्न नमिल्ने भए ‘भर्चुअली’ गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अपिल गर्दछ ।” – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ प्रेस ब्रिफिङको सुरुवातमै यसप्रकारको सन्देश वाचन गर्दै सचेतना अपनाउन आग्रह गरेको छ । काठमाडौँमा दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि मन्त्रालयले यसप्रकारको अपिल गर्नु अनौठो होइन । दैनिक रुपमा थपिँदैगएको सङ्क्रमितको तथ्याङ्कले पनि काठमाडौँमा स्वास्थ्य सतर्कताको अवहेलना जारी रहे अवस्था भयावह हुने देखिन्छ ।

काठमाडौँ उपत्यकामा बिहीबार एकैदिन ८७ जना कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् । उपत्यकामा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमित अहिलेसम्मकै उच्च हो । स्वास्थ्य विज्ञ डा। रवीन्द्र पाण्डे भन्नुहुन्छ, “स्थिति भयावह हुन नदिन व्यवस्थापनमा जोड दिनुपर्ने बेला हो, स्थानीय तहदेखि निगरानी गर्ने निकायले अबिलम्ब पहलकदमी लिनुपर्छ ।”

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतम काठमाडौँमा दैनिक सङ्क्रमित हुनेको दरमा वृद्धि हुन गई अत्यन्तै अप्ठ्यारो परिस्थिति आएको बताउनुहुन्छ । देशैभरि पछिल्लो दश दिनमा तीन हजार १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँ उपत्यकाका मात्रै ४५० जना छन् । जुन कुल सङ्क्रमितको १४।९१ प्रतिशत हो । एकदिन अघिसम्म कुल सङ्क्रमितको १३।१९ प्रतिशत रहेको काठमाडौँमा चौबीस घण्टामा सङ्क्रमित हुने करिब एक दशमलब पाँच प्रतिशतले बढेको हो ।

केही दिनअघि सम्म काठमाडौँको ७२ स्थानमा सङ्क्रमित पुष्टि भएको ‘ट्रेस’ गरिएको थियो । हाल एक सय स्थानमा सङ्क्रमित फेला परेका छन् । जनस्वास्थ्य विज्ञ डा। पाण्डे भन्नुहुन्छ, “सङ्क्रमित फेला पर्ने स्थान बढ्दै जानुले समुदायमा सङ्क्रमणको जोखिम बढाउँदैछ, जसलाई व्यवस्थापन गर्दै जानु जनस्वास्थ्यका लागि चुनौतीपूर्ण हुँदै जानेछ ।”

जनघनत्व र जनसङ्ख्या बढी भएको हुँदा बाग्मती प्रदेशको कुल सङ्क्रमितको अधिकांश काठमाडौँमा छन् । हाल बाग्मती प्रदेशमा ८३५ जना कोरोनाभाइरसका सक्रिय बिरामी छन् । कोरोना संक्रमित अधिकांश काठमाडौँ उपत्यकाभित्रका रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?