सैनिक महाविद्यालयका काण्डैकाण्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ४, २०७६
|
|
२९ पटक हेरिएको
Shares
सैनिक महाविद्यालयका काण्डैकाण्ड

सारांश

  • नेपाली सेनाको कल्याणकारी कोषद्वारा सञ्चालित सल्लाधारी सैनिक महाविद्यालयमा काण्डैकाण्ड घटेका छन् ।
  • यसअधि पनि वारम्बार विवादमा आइरहने महाविद्यालय पछिल्लो समय यौनदुव्र्यवाहारदेखि रासन घोटलासम्म जोडिएको छ ।
  • कहिले जिँउदै कुकुर पुरेको काण्ड त कहिले बाख्रीको मासु काण्ड त कहिले दुधका पाकेट चोरी काण्ड यस्तै यस्तै काण्डैकाण्डले विवादमा परिहेको महाविद्यालयमा पछिल्लो समय प्रिन्सिपलमाथी नै यौनदुव्र्यवहारको काण्ड लाग्नुले अभिवभावकहरु छोरी बचाउ आन्दोलन गर्नुपर्ने हो कि भन्न थालेका छन् ।

नेपाली सेनाको कल्याणकारी कोषद्वारा सञ्चालित सल्लाधारी सैनिक महाविद्यालयमा काण्डैकाण्ड घटेका छन् । यसअधि पनि वारम्बार विवादमा आइरहने महाविद्यालय पछिल्लो समय यौनदुव्र्यवाहारदेखि रासन घोटलासम्म जोडिएको छ ।

कहिले जिँउदै कुकुर पुरेको काण्ड त कहिले बाख्रीको मासु काण्ड त कहिले दुधका पाकेट चोरी काण्ड यस्तै यस्तै काण्डैकाण्डले विवादमा परिहेको महाविद्यालयमा पछिल्लो समय प्रिन्सिपलमाथी नै यौनदुव्र्यवहारको काण्ड लाग्नुले अभिवभावकहरु छोरी बचाउ आन्दोलन गर्नुपर्ने हो कि भन्न थालेका छन् । यौनदुव्यवहारको काण्डका कारण संसद्का सभामुख कृष्ण बहादुर महरा यतिबेला डिल्लीबजार कारागारमा कैदीजीवन विताई रहेका छन् ।

यौनदुव्र्यवहारकै कारण चतराधामका सिद्वबाबा भनिने कृष्णदास गिरीविरुद्व सुनसरी प्रहरीले तीन पटकसम्म म्याद थपगरी अनुसन्धान गरिरहेको छ । उनी अहिले पनि नक्कली बिरमीका नाममा अस्पतालको शैयामा बसिरहेका छन् ।

त्यसैगरी महिलामाथी यौन दुव्र्यवहार गरेकै कारण उजुरी परेपछि गृहमन्त्रालयले नेपाल प्रहरीका वहालवाला एसएसपी हाल संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत सौरभ राणाविरुद्व छानविन गर्नुभनि प्रहरी मुख्यालयलाई पत्राचार गरेको छ । उनीविरुद्व पनि छानविन भईरहेको छ ।

यसरी यौनदुव्यवहारका घटनामा समाजका प्रतिष्ठित व्यक्ति जोडिनुले पनि समाज कतातिर जाँदै छ भन्ने प्रष्ट देखिन्छ । महाविद्यालयमा प्रन्सिपल सुरेन्द्र पनेरु यही काण्डबाट हट्न बाध्य भएका छन् । उनलाई सेनालाई जोगाउन खोजको थियो तर विद्यार्थीहरु र महाविद्यालय मा पढाउने शिक्षक शिक्षिकाहरुको विरोधका बावजुद सेनाको नेतृत्वतह उनलाई हटाउन बाध्य हुनुप¥यो ।

२०७४ सालको नयाँ शैशिक सत्रबाट सैनिक महाविद्यालयको प्रिन्सिपलमा नियुक्त भएका उनी अन्ततः सैनिक नेतृत्वले जोगाउन खोजपनि हट्न बाध्य हुनुप¥यो । पनेरु आउनुअधि महाविद्यालयको प्रिन्सपलमा अमिम अनवर थिए ।

त्यसो त तत्कालिन कार्यरथी शेखरसिंह बस्नेत जो महाविद्यालयको प्रिन्सपल नियुक्ती कमिटिको संयोजक थिए । स्रोतका अनुसार तत्कालिन प्रधान सेनापती राजेन्द्र क्षेत्री र बलाध्यक्ष रथीसमेत रहेको हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले सुरेन्द्र पनेरुलाई प्रन्सिपलमा नियुक्त गर्न दबाब दिएका थिए । जनप्रहारबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवेकशील साझाले बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गर्‍यो
विवेकशील साझाले बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गर्‍यो
बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ
बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ
मुस्ताङ भद्रपुर–झापा गोल्डकप : चर्च ब्वाइज युनाइटेड विजयी
मुस्ताङ भद्रपुर–झापा गोल्डकप : चर्च ब्वाइज युनाइटेड विजयी
शनिबार चक्रपथको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिने
शनिबार चक्रपथको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिने
कञ्चनपुरमा प्लास्टिक झोला प्रयोगमा रोक
कञ्चनपुरमा प्लास्टिक झोला प्रयोगमा रोक
सर्वोच्चको पूर्ण बैठकले भन्यो- महाभियोग समितिमा सर्वोच्चका न्यायाधीश उपस्थित हुन मिल्दैन
सर्वोच्चको पूर्ण बैठकले भन्यो- महाभियोग समितिमा सर्वोच्चका न्यायाधीश उपस्थित हुन मिल्दैन
महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालको विजयी शुरुवात
महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालको विजयी शुरुवात
केही नगरेकोमा तलब पाउने व्यक्ति ! जसले वार्षिक १० करोड रुपैयाँभन्दा बढी कमाउँछन्
केही नगरेकोमा तलब पाउने व्यक्ति ! जसले वार्षिक १० करोड रुपैयाँभन्दा बढी कमाउँछन्
एमाले मेयर उम्मेदवारको घरमा बम,  कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन
एमाले मेयर उम्मेदवारको घरमा बम, कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन
यसैवर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा
यसैवर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

तपाईंले छुटाउनुभयो कि?