वाइडबडी प्रकरण छानविन गर्न सरकारले बनायो समिति
सारांश
- काठमाडौं ।
- संसदको लेखा समितिको उपसमितिले वाइडबडी प्रकरणमा वर्तमान मन्त्री, पूर्व मन्त्री, सचिव, सहसचिव लगायतलाई दोषी देखाउँदै कार्वाहीको लागि सिफारिस गरेपछि छानविन समिति गठन भएको छ ।
- सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणको छानविनका लागि पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरेको छ ।
काठमाडौं । संसदको लेखा समितिको उपसमितिले वाइडबडी प्रकरणमा वर्तमान मन्त्री, पूर्व मन्त्री, सचिव, सहसचिव लगायतलाई दोषी देखाउँदै कार्वाहीको लागि सिफारिस गरेपछि छानविन समिति गठन भएको छ । सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणको छानविनका लागि पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरेको छ ।
संसदीय उपसमितिले वाइडबडीसम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गरेपछि सरकारले गठन गरेको समितिको सदस्यमा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर एकाउन्टेट मदन शर्मा रहेको समिति गठन गरेको हो । गठित समितिले ४५ दिनभित्र प्रतिवेदन सरकारलाई बुझाउने बझाउनुपर्नेछ ।
जहाज प्रकरणमा खरीद गरिएका दुई वटा एयरबस विमानका विषयमा जाँचबुझ गर्ने क्षेत्राधिकारसहितको समिति मन्त्रिपरिषद्ले गठन गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
संसदीय उपसमितिले पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, सचिवहरु कृष्णप्रसाद देवकोटा, प्रेमकुमार राई र शङ्करप्रसाद अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलगायतलाई दोषी देखाउँदै छानबिनका लागि सिफारिस गरेको थियो ।
समितिले ठहर गरेको दोषीलाई कारवाहीको सिफारिश गरेपछि सरकारले न्यायिक छानविन समिति गठन गरेको छ । निगमले वाइडबडी जहाज खरीद गर्दा ४ अर्ब ३५ करोड अनियमितता भएको लेखासमितिको उपसमितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रतिक्रिया